सिरहा, कार्तिक २१ गते । धनुषाको जनकपुरस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रदेश २ को नेकपा माओवादी केन्द्रले पार्टी जिल्ला समन्वय समितिको संयोजक तोकेको प्रदेश नं.२ का अध्यक्ष प्रल्हाद बुढाथोकीले वताउनुभयो । 

अध्यक्ष बुढाथोकीका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सामा क्रमशः उमेश कुमार यादव, रामकुमार यादव, दीपक यादव तुलसी ढुंगाना, कमल बुढाथोकी, देवेन्द्र पटेल, अनिल श्रेष्ठ र पर्सामा रामदरेश कुशवाहलाई तोकेको जनाउनुभयो ।