सिरहा,कार्तिक २१ गते ।प्रदेश नं.२ को संसदीय विकास कोषबाट सिरहाको दक्षिणवर्ती क्षेत्र सखुवानान्कारकट्टी वडा नं.३ को विभिन्न ठाउँमा कृषिविद्युतीकरणमा लगानी गरिएपछि त्यस भेगका कृषकहरुले मनग्यै आम्दानी गर्न थालेका छन् ।
अकाशे पानीको भरमा खेतीपातीगर्दै आएका सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.३ का स्थानीयको खेत खेतमा कृषिविद्युतीकरण भएपछि कृषिकर्म गर्न स्थानीय कृषकलाई सहजभएको छ ।
खेतीपातीको सहाराबाट जीवनयापन गरिरहेका त्यस भेगका कृषकलाई यस अघि सिंचाईको उचितप्रबन्ध नहुँदा अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने वाध्यता रहेको स्थानीय सरिता देवी रामले बताइन् ।

प्रदेश नं. २ का सभासद् अशोक कुमार यादवको संसदीय विकास कोषबाट महदेवा, प्रयागपुर, मिर्जापुर, सरहन्चिया लगायतका ठाउँमा ३० लाखरकम बराबरको विद्युतको पोल जडान भएपछि विद्युतीय माध्यमले त्यस भेगका कृषकहरुलाई खेतीपाती गर्न सहजभएको कृषक पवनकुमार यादवले वताए ।

कृषि विद्युतीकरण भएपछि धानबालीमात्रै लगाउने वाध्यता रहँदै आएका कृषकहरुलाई अहिले विद्युतीय माध्यमले सिंचाईको प्रबन्ध भएपछि गहुँ, दलहन, तरकारी लगायतका बाली लगाउन पाएका छन् । लक्ष्मेश्वर प्रसाद यादवको कथन रहेको छ ।

विद्युतीकरण माध्यमले आवश्यकताको आधारमा खेतमासिंचाई गर्न पाएपछि खेतमा लगाइएको अन्नवालीपनिमनग्ये फल्नथालेपछि त्यस भेगका कृषकहरुलाई आर्थिक उन्नती समेत हुनथालेको छ ।





















