सिरहा,कार्तिक २० गते । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले स‌ंचालन गरेको फुटवल प्रतियोगिताको दोस्रो दिन महदेबा एस सी १ गोलले विजय भएको छ ।


शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज दोस्रो दिन महदेवा एस सी आयोजक टिम र हर्दिया सप्तरी विच भएको खेलमा महदेवा एस सी १ गतेलले विजय भएकोे आयोजक संस्थाले जनाए ।


निधार्रीत समयमा बराबरमा भएका दुबै टिमलाई थप प्लायन्टीमा ५-५ बलमा आयोजक टिमले ५ गोल र हर्दिया टिमले ४ गोल गरेकोमा महदेवा आयोजक टिमले १ गोलले विजय भएको आयोजक संस्थाले जनाए ।

man of mach
आजको खेलमा म्यान अफ द म्याच महदेवा एस सीका खेलाडी ईन्द्र चौधरीलाई नगद रु पाच सय दिईएको आयोजक संस्थाले जनाए ।
 भोलीको खेल दुधौली एफ.सी सिन्धुली र मोतीराज एफ.सी गाईघाट विच हुने आयोजक संस्थाले बताए ।