सिरहा,कार्तिक १९ गते । सिरहाको छपराडी बजारबाट जबरजस्ती करणी गरको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढीमाई नगरपालिका वडा नं. ११ घर भएको गौरी महतोले एक जना २५ वषर्यी महिलालाई करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।
श्रोतका अनुसार पक्राउ परेका महतो अटो चालक रहेको र उनी उक्त महिलालाई घर पुर्याईदिने वहानमा आफनै घरमा लगी करणी गरेको पिडित पक्षको आरोप रहेको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डा.तपन दहालका अनुसार पक्राउ परेका महतोलाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसंधान भई रहेको बताए ।




















