दाङ, कात्तिक १९ गते – तिहारको किनमेल गरि सिटमा बसेर आए, सामान झार्न छतमा चढेका उनी त्यहीँबाट लडे

बसको छतबाट खसेर घाइते भएका सल्यानका एक ब्यक्तिको दाङमा उपचारका क्रममा मृत्यु भएको छ। 

सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नं। ३ का ३४ वर्षीय रविन्द्र बोहोरा बिहीबार बेलुका ६ बजेतिर समान झार्ने क्रममा बसको छतबाट खसेर गम्भीर घाइते भएका थिए। 

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११स्२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले जानकारी दिए। 

सल्यानको श्रीनगरबाट तिहारको लागि किनमेल गरेर गएका बोहोरा घरमा पुगेपछि सामान झार्ने छतमा चढेको समयमा त्यहीँबाट लड्न पुगेको डिएसपी थापाले बताए।

आफू बस भित्र सिटमा बसेर गएका बोहोरा घर पुगेपछि तिहारका लागि किनमेल गरि ल्याएको सामान निकाल्न जाँदा साबधानी नअपनाउनुकै कारण छतबाट लड्न पुगेको देखिएको डिएसपी थापाले जानकारी दिए।