अनुभक्त चौधरी,सिरहा,कार्तिक १९ गते । दिपावलिको आज चौथौ दिन हिन्दु तराईमा धुमधामका साथ गोवर्द्धन पर्व मनाईदै छ ।गोवर्द्धन पर्वमा विहानै उठेर घर आगन लिप पोत गरि गोठ लाई सफा गरि गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।
द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

आज किसान हरुले सबेरै हलो,जुवा,कुटो,कोदालो लगायत कृषि उपकरणहरु धोई एक ठाउँमा राखि पुजा गरि रहेको छ । अहिले प्राय ट्रयकटरले खेति गरेपनि गोरु हुने हरुले गोरुलाई नायाँ दाम्लो लगाई बेहुलाझै सिगारिन्छ । गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर पर्व मनाइँदैछ ।
त्यसतै तराईमा बस्ने थारु समुदायले धनकी देवी लक्ष्मीलाई ‘हुक्के हुक्का खेलेर भित्र्याएपछि भोलिपल्ट बिहानैदेखि घरघरमा चामलको पीठोबाट तिहारको परिकार ‘बगिया’ बनाउने गर्दछन् ।

बगिया तिहारका लागि थारु समुदायको विशेष परिकार हो । बगिया बनाउँदा उनीहरुले कलात्मक तरीकाले विभिन्न आकारमा बनाउने गर्दछन् । सामाजिक रीतिथिति, रहनसहन र बसोबाससँग सम्बन्धित रहेर उनीहरुले बगियाका विभिन्न आकार बनाउने गर्दछन् ।





















