अनुभक्त चौधरी,सिरहा,कार्तिक १८ गते । सिरहाको जयपुरमा आयोजित लक्ष्मीपु्जाको अवसरमा भब्य कलश यात्रा निकालिएको छ ।
आज लक्ष्मी पुजाको अवसरमा सम्पन्न गरेको कलश यात्राको उद्घाटन धनगढीमाई नपाका नगर प्रमुख हरिनारायण चौधरीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा धनगढीमाई नपा ४ का वाडा अध्यक्ष रामु चौधरी,बुधिजिवी भद्रभलादमी लगायत स्थानिय बासीको सहभागिता रहेको थियो ।
कलश यात्राको उदघाटन भगवान हनुमानको नाममा जय जयकार बोलाई भण्डा गडेको थियो भने नगर प्रमुख चौधरी रिवन काटेर उद्घाटदन गरेका थिए ।

कलश यात्रामा सयौ स्थानिय को सहभागिता रहेको थियो । कलश यात्रिले धनगढीमाई नपा ५ स्थित राजदेवि मन्दिरको अवस्थित दुदहा भवडीमा कलशमा जल भरका थिए ।
केही वर्ष पहिले देखि जयपुरमा लक्ष्मी पुजाको अवसरमा भव्य मेला लाग्दै आई रहेको छ । यस वर्ष पनि कार्तिक १९ गते शुक्रवार भव्य मेला लग्ने लक्ष्मीपुजा मेला समितीका राज कुमार चौधरीले बताए ।


























