सिरहा,कार्तिक १५ गते । सिरहाको सुखिपुर नगरापालिकाको दैहिपौडीमा एक जना युवक मृत अबस्थामा फेला परेको छ ।सुखिपुर नगरपालिका वडा नं.४ मा दैहिपौडीको नहर देखी दक्षीण धानखेतको छेउमा युबकको शब भेटिएको छ ।
आज विहान स्थानियहरु मृत अबस्थामा रहेको शब देखेपछि सुखिपुर प्रहरीलाई खबर गरेका थिए । मृत युबक सिरहा जिल्ला औरही गाँउपालिका वडा नं. ४ लबटोली वस्ने फुलेश्वर यादबको छोरा वर्ष २५ को सचिन यादब रहेको छ ।मृतकका बुवा फुलेश्वर यादबले भने यसलाई कसैले मारेर फालेको हुन सकने बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाबारे थप अनुसंधान भई रहेको जानकारी गराए ।




















