कैलाली,कार्तिक १४ गते–धनगढी उपमहानगरपालिका-१ बुद्धमार्गस्थित सडकबाट ४ ग्राम १ सय मिलिग्राम अबैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका(८ बस्ने २४ वर्षीय बसन्त चौधरी लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्रा गरिरहेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । भने सोहि क्रमा नेपाल प्रहरीले अक्रो ठाउँ बाट थप पक्रउ परेको छ
वीरेन्द्रनगर नगरपालिका–८ सुकुम्बासी टोल बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई ६ सय ५० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद ४ हजार ४ सय ८० रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरीले उक्त पदार्थ र नगद सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यस को थप अनुसन्धान प्रहरीले गरिरहेको छ