कञ्चनपुर,कार्तिक १४ गते – प्रहरीले चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् । करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ




















