सिरहा, कार्तिक १४ गते । राष्ट्रपति विद्या भण्डारीले बहुमूल्य ह्वाइट जेड धातुबाट निर्मित बुद्ध मूर्तिको अनावरण आज दिउँसो गरिंदैछ । गौतमबुद्ध विमानस्थलमा आज दिउँसो अनावरण गरिने उक्त मूर्ति साढे दुई अर्ब रुपैयाँ मूल्य बराबरको रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । 

म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।

मूर्ति फाउण्डेशनले नेपाललाई उपहार स्वरुर प्रदान गरेको उक्त मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको जनाएको छ । 

दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । गौतमबुद्ध विमानास्थलमा अनावरणसँगै राष्ट्रपति विद्या भण्डारी त्यहाँ आयोजित विभिन्न कार्यक्रमहरुमा समेत भाग लिने जनाइएको छ ।