सिरहा, कार्तिक १३ गते । खाद्यहयिालीशहर बनाउने उद्देश्यले धनगढीमाई नगरपालिका र नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच सम्झौता भएपछि कार्यक्रमको शुरुवात जनता माध्यमिक विद्यालय (प्राविधिक) तिनकोनीबाट भएको छ । 

111

नास्ट, नगरपालिका र विद्यालयकाशिक्षक, विद्यार्थीहरुले विद्यालयको ग्राउण्डमा फल र फुलको विरुवा रोपेर कार्यक्रमलाई औपचारिकतादिएको हो ।क्रमिक रुपमा नास्टबीच भएको समझदारी पत्रअनुसार कार्यक्रम अगाडि बढ्ने नगरप्रमुख हरिनारायण चौधरीले जनाएका छन् ।

12 2

मुलुकशहरै शहरको मुलुकबन्दै गएकाले शहरलाई दीगो बनाउने उद्देश्यले खाद्य हरियालीशहरको उद्देश्य अनुरुप धनगढीमाई नगरपालिकासँग सम्झौताभएको नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

13 1

शहरीकरणबाट उत्पन्नहुने वातावरण तथा स्वास्थ्य समस्याहरु समाधान गर्ने, वैज्ञानिक तवरबाट स्थानीयवासीहरुको अधिकतम परिचालनदारा युवाउद्यमशीलता र रोजगारको व्यवस्थापन गरी स्वच्छ, सफा र सुन्दर शहर बनाउने उद्देश्य अनुसार ९ कार्तिकमानगपालिका र नास्टबीच समझदारी पत्रमा हस्तार भएको थियो ।