वासिङटन,कार्तिक १० गते –विज्ञहरुले पाँच वर्षमाथिका बालबालिकालाई कोभिड (१९ विरुद्धको फाइजर खोप लगाउन सिफारिस गरेका छन्। अमेरिकाको खाद्य तथा औषधी प्रशासन ९एफडिए० का विज्ञहरुले मंगलबार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजररबायोएनटेक खोप दिनुपर्ने भन्दै सिफारिस गरेका हुन्। 

विज्ञहरुले खोपको सिफारिस दिएसँगै चाडै नै पाँच वर्षमाथिका बालबालिकाले कोभिडविरुद्धको खोप फाइजर लगाउने बाटो खुलेको छ। सो खोपको अनुमति केहि साताभित्रै दिइने बताइएको छ। 

गएको सेप्टेम्बरमा खोप निर्माता कम्पनीले गरेको परीक्षणमा सो उमेर समूहका बालबालिका लागि सो खोप सुरक्षित रहेको देखाएको थियो। सो खोपले अन्य स्वास्थ्य समस्या निम्त्याएमा आफुहरु जिम्मेवार रहने प्रतिबद्धता विज्ञहरुले गरेका छन्। 

अमेरिकाले यसअघि नै १२ वर्ष उमेरभन्दा माथिका बालबालिकालाई कोभिडविरुद्धको खोप दिन थालिसकेको छ। ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले फाइजर खोप लगाउने अनुमति पाएपछि अमेरिकाका करिब २ करोड ८० लाख बालबालिका लाभान्वित हुने बताइएको छ। 

एफडिए र रोग नियन्त्रण एवम् रोकथाम केन्द्र ९सिडिसि०ले थप अनुमति दिएपछि सो खोपको लगाउने निर्णय गरिने