काठमाडौं कार्तिक १० गते, नेपाली बजारमा छापावाल सुनको मूल्य ६ सयले घटेको छ। बुधबार छापावाल सुनको मूल्य ६ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएको थियो।

नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार ५ सयमा किनबेच भइरहेको छ।

यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय ५० तोकिएको छ। मंगलबार चाँदीको मूल्य १ हजार २ सय ६५ मा कारोबार भएको थियो।