उदयपुर, कार्तिक ८ गते । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । पक्रपर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर खोरीयाटोलका २० बर्षिय दिलु रोक्को रहोको छ । त्रियुगा नगरपालिका - ८ का ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फत्तेपुर खोरियाटोलका २० वर्षीय रोक्कालाई प्रहरीले पक्राउ गरेको हो ।
रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको खबर का अधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ




















