सिरहा,कार्तिक ६ गते । अबैध रुपमा ल्याउदै गरेको भन्सारछलीका लाखौ मुल्यको समान प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैनिक रुपमा प्रहरीको निगरानि रहेपनि तस्करहरुले भन्सारको सामान छल्ली गरी ल्याउने प्रयास अझै छोडेका छैनन् सिरहाको कर्जन्हा न.पा.–२ मा ईलाका प्रहरी कार्यालय बन्दिपुर बाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रम्मा लाखौ बराबर मूल्यको सामान पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा प्र.२–०२००१ च ००९२ नं. को म्याजिकमा अबैधरुपमा भन्सार छलीगरी ल्याउदैगरेको तारपिन तेल ४ कार्टुन, हार्पिक १३ कार्टुन, निर २ कार्टुन, फिनेल ८ कार्टुन र सामान ओसार पोसार गर्ने म्याजिलाई समेत नियन्त्रमा लिईएका छन् सामान लगायत म्याजिकको समेत गरी मुल्य रु. २ लाख ४७ हजार ५ सय बराबरको सामान सहित सवारी साधन नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागी भन्सार कार्यालयमा बुझाएका छन ।

सामान नियन्त्रमा लिने क्रम्मा व्यापारी सहीत चालक फरार रहेका छन ।