सिरहा,कार्तिक ५ गते । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी  रामहरी महतलाई धुलिखेलबाट प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका(४ घर भएका ४२ वर्षीय रामहरी महतलाई  बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले महतलाई जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर गरेको थियो । फरार भएका महतलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका(७ बाट पक्राउ गरेका छन् । 

उनलाई  फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।