सिरहा,कार्तिक ५ गते । झापाको मेचीनगर नगरपालिका(६ स्थित मेची पुलबाट एक जना पक्रउ परेके छ । करिब ७ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित दमक नगरपालिका(१९ बस्ने २६ वर्षीय खगेन्द्र नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेका छन् ।
ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका नेपालीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाका अटल पम्प कम्पाउन्डबाट बिमल भुजेल लगायत २ जनालाई प्रहरीले पक्रउ गरेके छ। करिब ३ ग्राम अबैध लागूऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थ सहित धरान उपमहानगरपालिका(८ बस्ने ३५ वर्षीय बिमल भुजेल लगायत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेका छन् ।
अस्थाई प्रहरी पोष्ट बरगाछिबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई खैरोहिरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धान प्रहरीले गरिरहेको प्रहरीले जनाएका छन् ।




















