५ गते कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर पनि आवश्यक काम नगर्दा समस्या भएको बताएका छन् । उनले दशैंका कारण देशभित्र अहिले विद्युत खपत पनि घटेको र विहारमा पनि खपत घट्दा धेरै बिजुली निर्यात हुन नसकेको बताए ।नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अधिवेशनमा बोल्दै घिसिङले यस्तो अप्ठेरो अवस्थाको अनुमान भएर पनि विगत एक वर्षमा पर्याप्त काम नगर्दा समस्याको अवस्था आएको बताए ।
दैनिक ४-५ सय
मेगावाट बिजुली अहिले ‘स्पिल’ (खेर) भइरहेको छ,’ उनले भने,हामीले यो अवस्थाको आकलन
गरेर एक वर्षअघिबाटै काम गर्नुपर्ने थियो तर त्यो नगर्दा अहिले अप्ठेरो अवस्था अएको
अनुभव मलाइ भएको छ ।
खपत रातरात बढाउन
नसकिने भएपनि सम्भावित क्षेत्रमा बिजुली दिएर माग बढाउन प्रयत्न भइरहेको घिसिङले बताए
। अहिले १६०० मेगावाटसम्म बिजुली माग हुन थालेको भन्दै उनले उद्योगहरुलाई मागअनुसार
बिजुली दिन थालिएको बताए ।
देशभित्र खपत
बढाउने कुरा पहिलो प्राथमिकतामा छ, यसका लागि इन्डक्सन चुल्होको प्रयोग बढाउने, विद्युतीकरण
फैल्याउनेसम्मका योजनामा काम गर्नुपर्ने छ, उनले भने,’हामी त्यही दिशामा काम गरिररहेका
छौं ।’




















