काठमाडौं,कार्तिक ४ गते–कर्मचारी समायोजनसँग सम्बन्धित मुद्धाको पेशी तोकिएको छ। सर्वोच्च अदाललका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, डा।आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा पेशी तोकिएको हो ।
गत साउन २५ गतेमा सर्वोच्चले समायोजन भएका ३४ कर्मचारीको मुद्दामा खुला कोटा कटाएर संघमा समायोजन गर्न आदेश दिएको थियो । आदेशपछि शाखा अधिकृतका प्रत्याशीहरू सर्वोच्च पुगेका थिए ।प्रत्याशीहरुले लोकसेवा आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन्




















