सिरहा,कार्तिक ३ गते । नेकपा ९एकीकृत समाजवादी०ले अविरल वर्षाका कारण धान बाली क्षति पुगेको किसानलाई राहत दिन सरकारसँग माग गरेको छ ।

प्रवक्ता जगनाथ खतिवडाले बक्तव्य जारी गर्दै धानबाली क्षति पुगेका किसानलाई राहत दिन माग गरेका छन् ।

एकीकृत समाजवादीले अविरल वर्षाका कारण संकटमा परेकाहरुको उद्धारमा परिचालित हुन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।

साथै बाढी, पहिरो र सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि समेत व्यक्त गरेको छ ।अनलाईन खवरबाट साभार