सिरहा,कार्तिक १ गते । काम अधुरो छोड्ने तथा गुणस्तरहिन काम गर्ने ठेकेदार कम्पनीलाई कार्यवाही गरिने भन्दै भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य समेत रहेकी मन्त्री यादवले सप्तरीको बलानबिहुल गाउँपालिकामा आइतबार आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
मन्त्रीको सपथ ग्रहण पछि पहिलो पटक आफ्नो गृह जिल्ला आएकी यादवले सप्तरीका अधुरो सडकहरूलाई एक महिनाभित्र पूर्णता दिने बताईन् । उनले सदरमुकाम राजबिराज जोडने सम्पुर्ण सडक चुस्तदुरुस्त बनाउने आफ्नो प्राथमिकता रहेको जनाइन् ।
बलान बिहुलका जसपा पार्टी संयोजक संजीब कुमार यादवको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रममा राज्य सभा सदस्य एवं कार्यकारिणी सदस्य माननिय मृगेन्द्र सिंह यादव, जसपाका केन्द्रीय सदस्य माननीय अनिरुद्ध प्रसाद सिंह यादव, बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत, बलानबिहुल गा।पा उपाध्यक्ष रुबी गुप्ता, बोदे बर्साइनका नगर अध्यक्ष अरुण यादव लगायतको सहभागिता रहेको थियो । डिएम खवरबाट साभार

















