सुरेश राय
सिरहा,असोज ३० गते । सिरहाको नरहा गाउपालिका ३ नयाँ चौक चोर्हवामा एक जना युव मृत अवस्थामा फेला परेको छ ।
गोलवजार न.पा. ८ घर भई अनदाजी वर्ष १७ को सतरुधन महतो रहेको छ । परिवारजनका अनुसार राती नयाँ चौक चोर्हवामा नाच हेर्न घरबाट निस्केका थिए । आज वेर सम्म घर नआएपछि खोज तलासको क्रममा युवक इनारमा मृत अवस्थामा फेला परेको छ ।
घटना स्थलमा प्रहरी पुगिसकेको छ । मृतको शब ईनारबाट बाहिर निकालने र घटनाबारे थप जानकारी हुने ईलाका प्रहरी कार्यालय गोलवजारले जनाएको छ ।




















