सप्तरी,असोज २९ गते । कोशी नदीमा नुहाउन गएकी एक किशोरीको डुबेर मृत्यु भएको छ ।

सप्तरीको हनुमानागर कंकालिनी नगरपालिका वडा नम्बर १२ ईनरवा निवासी १८ वर्षीया प्रियंका देवको बिहीबार कोशी नदीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले डुबेको देखेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।