सिरहा २६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२१ को एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्सले क्वालिफायरमा स्थान बनाएको छ ।
कोलकाताले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ । यस खेलको विजेताले चेन्नाइ सुपर किंग्ससँग उपाधिका लागि खेल्नेछ ।
शारजहाँमा भएको खेलमा बेंगलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताको जितमा सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे ।
बेंगलोरलाई १३८ रनमा रोक्न ४ विकेट लिएका सुनिलले ब्याटिङमा २६ रन बनाए । कोलकताका लागि शुबमन गिलले २९ र वेनकाटेश अयेरले २६ रन बनाए ।
त्यसअघि कप्तान विराट कोहलीको ३९ रन मद्दतमा बेंगलोरले १३८ रन बनाएको थियो ।




















