२६ असोज,। बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय जनकबहादुर थारु छन् ।

सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो । खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो