सिरहा,असोज २६ गते । खशीवोका लिलाम गरेपछि आक्रोसित बनेका भन्सार कार्यालय जनकपुरधाम घेराउ गरेका छन ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेका व्यापारीहरुले कार्यालय घेराउ गरेका हुन । उनीहरुले खसी बोकाको व्यापार गर्ने व्यापारीहरुमाथि सुरक्षानिकायले अन्याय गरेको भन्दै कार्यालय घेराउ गरेका हुन ।
हेटौडा, निजगढ, हरिवन लगायत विभिन्न स्थानका किसानबाट खरिद गरी ल्याएको ५१ वटा खसी बोकासहित सात जनालाई लालगढ चौकीका प्रहरीले अवैध कारोबार गरेको भन्दै पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको थियो ।
भन्सारका कर्मचारीहरुले केही घण्टा भित्रै ७५ हजार अतिरिक्त रकमसहित तीन लाखमा धनुषा तारापट्टीका खसी व्यापारी सुरेश साहलाई खसी बोका लिलामी गरेको आरोप जउवासंघका अध्यक्ष महासेठले लगाए । व्यापारीहरु आन्दोलित भएपछि भन्सार कार्यालयले तीन लाख धरौटी लिएर खसी बोका व्यवसायीहरुलाई फिर्ता गरेका छन ।
धरौटी फिर्ताको लागि मुद्दा गर्नुपर्ने व्यापारी नेता सुरेन्द्र भण्डारीले बताए । यस्ता मुद्दा व्यापारीहरु हार्ने निश्चित हुने गरेको भण्डारीको कथन थियो । पीडित व्यापारीहरुले जउवासंघका प्रतिनिधि शसस्त्र प्रहरीका प्रतिनिधि, भन्सार कार्यालयका कर्मचारी गोपाल महतोसहित व्यवसायीहरुको रोहबरमा धरौटी लिएर राखेर खसी फिर्ता गरे ।




















