बारा,असोज २५ गते । नहरको पानीमा डुबेर वारामा एक महिलाको मृत्यु भएको छ । सुवर्ण गाउँपालिका वडा नम्बर १ पशुरामपुर टोलकी ५० वर्षीय तसलिमा खातुनको पानीमा डुबेर मृत्यु भएको अस्थायी प्रहरी पोष्ट चरमोहनाले जनाएको छ ।

 सोही ठाउँस्थित नहरमा एक महिला मृत अवस्थामा रहेको स्थानीयबाट सूचना प्राप्त भएपछि सोधपुछ गर्दा मानसिक अवस्था ठिक नभएको तसलिमा आइतबार बिहानैदेखि बेपत्ता रहेको तथा साँझ ४ बजे नहरको पानीमा मृत भेटिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।