सिरहा, असोज २५ गते ।

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई सिरहाद्वारा संचालित पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूज आजदेखि विधिवत् रुपमा संचालन भएको छ । जिरोमाईलस्थित कार्यालयको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गर्नुभएको छ ।

कार्यालयलाई उद्घाटन गर्नुहुँदै नगरप्रमुख चौधरीले अनलाईले श्रमजीवी एवम् पीडितहरुको आवाजलाई सत्य तथ्य परक ढंगले जनमानसमा ल्याउने गरी काम गर्न अनलाईन टिमलाई सुझाव दिनुभएको छ ।

vlcsnap-2021-10-11-11h44m15s97

देश र जनतालाई केन्द्रमा राखी आवाज विहीनहरुको आवाजलाई बाहिर ल्याउन अनलाईनले अग्रणि भूमिका खेल्नुहुने अपेक्षा गर्दै नगर प्रमुख चौधरीले अनलाईनको उत्तरोत्तर प्रगति शुभकामना समेत गर्नुभएको छ । 

vlcsnap-2021-10-11-11h43m49s101

हिरालाल चौधरीको सम्पादकीयमा संचालित यस अनलाईनले विभिन्न घटना, दुर्घटना लगायत सामाचारहरु पस्किनुको साथै, राजनैतिक, सांस्कृतिक, धार्मिक एवम् विभिन्न खाले लेख, रचना, अन्तर्वार्ता लगायतका सामाग्रीहरु समावेश गरिनेछ । 

vlcsnap-2021-10-11-11h48m09s78 1

अनलाईनमा विभिन्न पोर्टुकल, अडियो, भिडियो, कार्टुन, लगायतका सामाग्रीहरु समेत समावेश गर्दै लाने सोच अनलाईनको रहेको छ । २०७५ सालमा सूचना विभागमा दर्ता भएको हो । ८८८ दर्ता नंं रहेको पूर्वाञ्चल एक्सप्रेस अनलाईन, प्रेस काउन्सिलमा २२११ सूचीमा रहेमा रहेको छ । अनलाईनको प्रबन्ध निर्देशक सन्तोष साह रहेको छ ।