अनुभक्त चौधरी
सिरहा,असोज २४ गते ।
अबैध लागु औषध ओसार पसार गर्ने क्रममा सशस्त्र प्रहरी बल बुधौराले मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ ।


जिल्ला सिरहा सिरहा न.पा. १५ बुधौरा दशगजा स्थितमा प्रहरी चौकी खिरौना सिरहा र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले BR 32AG5511 नं.को मोटरसाईकललाई चेकजाँच गर्दा पक्राउ परेको छ ।

photo (1)(1)
पक्राउ पर्नेमा जिल्ला सिरहा सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने वर्ष १९ को विमलेश कर्ण, ऐ.बस्ने वर्ष २६ को वंशराज मुखिया र जिल्ला सप्तरी राजविराज न.पा. ९ बस्ने वर्ष १९ को निकित कुमारको साथबाट अबैध लागु औषध NITRAVET- 10  नामक लेखिएको १० पत्ता (३०० ट्याव्लेट लागु औषध उक्त मोटरसाईकल तथा मोबाईल थान(३ सहित निजहरुलाई नियन्त्रणमा लिई  आवश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।