सिरहा, असोज २२ गते । विगत तीन महिनादेखि पाँच जनाको भरमा मुलुक संचालन गर्दै आएको प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले आज पूर्णता पाउँदैछ ।
सरकारीय गठबन्धन दल कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी र संघीय समाजवादीबीच सरकार बाँडफाँडको कुरा मिलेपछि सम्भवतः आजै दिउँसो मन्त्रिमण्डल विस्तार हुने जनाइएको छ ।
गठबन्धीय सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाए अनुसार आज शपथ ग्रहण हुनेछ ।
२९ गतेमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले २५ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुपर्नेमा यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए ।




















