सिरहा,असोज २१ गते । हिन्दू नेपालीहरुको महान चाडपर्व वडादशैं आजदेखि शुरु भएको छ ।
महान चार्डपर्व बडादशैंको पहिलो दिन आज बौधिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्दैछन् ।
घटस्थापनाको समय आज बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ मिनेट अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुर्हतमा घटस्थापना गरी घडाको नजिक सप्तधान्य बीक्षारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । दशैं आश्विन शुक्ल देखि दशमीका दिनसम्म मनाउने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
देशभरका मन्दिरहरुमा घटस्थापनाकै दिनदेखि विशेष रूपमा भक्तजनहरुको भीड लाग्ने भए पनि यस वर्ष कोरोना महामारिको कारण भौतिक दूरी कायम र माक्स अनिवार्य रुपमा लगाएर दर्शन गर्ने प्रकिया रहेको छ ्र
सिरहाको गोलबजार, मिर्चैया,चोहर्वा ,कल्यानपुर ,लाहन अन्य ठाउहरु मा आज हजारौको संख्यामा कलशयात्रा क्रायक्रम समपनन भएको छ ।




















