सिरहा– स्वास्थ्य लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्दै आजदेखि सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१३ स्थित डाबरमा प्रथम डाबर गोल्डकप फुटवल प्रतियोगिता संचालन भएको छ ।
वडा दशैंको अवसरमा संचालित गोल्डकपमा १, २ र ३ नं. प्रदेश अन्तर्गतका सात वटा जिल्लाका खेलाडीहरुले भाग लिएका छन् । खेलको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गरेका हुन् ।
रामधुनी युवा क्लव सुनसरी र २ नं। वाहनी ए।पी।एफ। बर्दिवासबीच भएको आजको उद्घाटन खेलमा रामधुनी युवा क्लव विरुद्ध ट्राइब्रेकरमा एक गोलले २ नंं बाहिनी ए।पी।एफ। बर्दिवासले जित हासिल गरेको छ ।
भाग लिने जिल्लाका टिमहरुमा क्रमशः रामधुनी युवा क्लव सुनसरी, २ नंं। वाहिनी ए।पी।एफ।बर्दिवास, दुधौली स्पोर्ट क्लव सिन्धुली, लक्ष्मी युवा क्लव धनगढीमाई सिरहा, त्रियुगा युवा क्लव फत्तेपुर सप्तरी, गोदार फुटबल क्लव धनुषा, श्री शेर गण चौहर्वा सिरहा, गाईघाट फुटबल क्लव उदयपुर रहेका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिलाई क्रमशः पचास हजार र तीस हजार नगदसहित मेडल, शिल्ड तथा प्रमाणपत्र दिइने जनाइएको छ ।
प्रत्येक दिन खेलाईने प्रत्येक टिमको म्यान अफ दि म्याच हुनेलाई एक हजार नगद सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
धनगढीमाई नगरपालिका र १३ नं.वडा कार्यालयको आर्थिक सहयोग तथा स्थानीय लक्ष्मी युवा क्लवको आयोजनामा संचालित प्रथम डाबर लोल्डकप फुटबल प्रतियोगिताको समापन खेल २७ असोजमा हुने क्लवका अध्यक्ष सुप्रभात श्रेष्ठले जानकारी दिनुभयो ।




















