X wada

स्थानिय

    Showing ६६१-६७० of १,३२३ items.
  • तुलसीपुरमा एमाले परित्याग गरी माओवादीमा प्रवेश

    सिरहा,चैत १२ गते । सिरहाको औरही गाँउपालिका तुलसियाहीमा एमाले पार्टी परित्याग गरी ६० भन्दा बढी कार्यर्कता माऔवादी केन्द्रमा प्रवेश गरेको छ ।औरही  गाँउपालिकाको वडा नं. २ तुलसिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टीको पूर्व तुलसीपुर गा.वि.स.को अध्यक्ष प्रमोद यादबको छोरा निरोज कुमार यादब,खुशिलाल यादब,रुपेश यादब,लालु यादब।मुकोश यादब,जितेन्द्र यादब,राम कुमार मण्डल सहित ६५ जना बढी कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद सुरेश कुमार यादबको अतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै भन्ने माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर नै चलेको छ ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • ८६६ पटक पढिएको
  • धनगढीमाईमा निःशुल्क स्वास्थ्य शिविर संचालन

    सिरहा,चैत ११ गते। धनगढीमाई नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा, ओरेक परियोजना सिरहा र सि.एम.सी.को त्रिपक्षीय सहयोगमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित नयनपुर अस्पतालमा निःशुल्क एकीकृत महिला स्वास्थ्य शिविर संचालन भएको छ । विशेषतः ग्रामीण महिलाहरु लक्षित आयोजित उक्त स्वास्थ्य शिविरमा करिव एक सय ८० जनाले उपचार पाएका छन् । आयोजित स्वास्थ्य शिविरमा सेतोपानी जाने, पाठेघर खसेको, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, पाठेघरको मुखको क्यान्सर लगायतका रोग जाँच गर्ने गरी आयोजित शिविरमा अधिकांश महिला प्रजनन स्वास्थ्यसँग सम्बन्धित विरामीहरु फेला परेको ओरेक परियोजना कार्यालय लहानका कार्यक्र

    • प्रकाशित मितिः चैत ११, २०७८
    • ४१३ पटक पढिएको
  • डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ

    बर्दिवास,चैत ११ गते । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध  जाहेरी दिएका थिए ।चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका प

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १४९ पटक पढिएको
  • वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबिरुद्ध मुद्दा दर्ता

    हुम्ला, चैत १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले हुम्लाको सर्केगाड गाउँपालिका –३ का वडाध्यक्ष गजबहादुर रावत र तत्काली प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले चार जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।अख्तियारले आठ लाख रुपियाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले वडाध्यक्ष रावत‚

    • प्रकाशित मितिः चैत ११, २०७८
    • २४६ पटक पढिएको
  • बल्ल खोजिँदै ट्राफिक बत्तीको मापदण्ड

    काठमाडौँ, चैत ११ गते । नेपालमा ट्राफिक लाइट ९बत्ती०को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउनुहुन्छ । “कहिलेकाहीँ अगाडिको ठूलो गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना हुन्छ, टाढासम्म

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १२९ पटक पढिएको
  • भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

    रौतहट,चैत १० गते । प्रहरीले भाउजु हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको छ ।४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको आरोपमा फतुवा विजयपुर नगरपालिका(२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।पुरानो रिसिवीको कारण चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएकी उनको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ ।पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७८
    • १४३ पटक पढिएको
  • चैत महिनाभित्र हातहतियार बुझाउन आग्रह

    सिरहा,चैत्र ९ गते । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउँन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् । सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सिडिओ कवारीले उल्लेख गर्नुख भयो ।

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १५५ पटक पढिएको
  • टेङ्गरीका अग्नी पीडितले पाए खाना पकाउने ग्यास चुल्हो

     सप्तरी,चैत्र ९ गते । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकास्थित टेङ्गरीका अग्निपीडितहरूलाई सांसद डा.सूर्यनारायण यादवले राहत स्वरुप ग्यास सिलिन्डर र चुलोसहितको सेट दिएका छन् ।  फागुन २८ मा भएको आगलागीबाट ११ परिवारको सबै सम्पत्ति जलेर नष्ट भएको थियो ।डा.यादवले भने, झविपदको बेला सबैको ध्यान खाद्यन्नमा मात्रै हुन्छ । दिएको खाद्यन्न कसरी र कहाँ पकाउने ध्यान हुँदैन । यही कारण खाना पकाउने सबै सेट दिएका हुँ । अग्नीपीडित सत्यनारायण यादवले ग्यास चुलो पाप्त भएसँगै सुत्केरी, बालबालिका, बिरामी तथा वृद्धवृद्धालाई सहज भएको बताए ।आगलागीबाट डम्बर यादव, दिनेश यादव, फुलदेव यादव, श्याम यादव, भोला या

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १३७ पटक पढिएको
  • रेल्वे अध्यादेश जारी, दुर्घटनामा मृत्यु भएमा परिवारले ७ लाखसम्म क्षतिपूर्ति पाउने

    जनकपुर,चैत्र ९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको ‘रेल्वे अध्यादेश’ अनुसार दुर्घटनापछि घाइते र मृतकका परिवारजनलाई १ लाखदेखि ७ लाखसम्मको राहत र क्षतिपूर्ति उल्लेख गरेर रेल सञ्चालन गर्ने भएको छ । रेल दुर्घटनामा कुनै व्यक्तिलाई हानी कुनै किसिमको हानी वा नोक्सानी पुग्न गएमा बोर्डले त्यस्तो व्यक्ति वा निजको मृत्यु भएमा मृतकको नजिकका हकवालालाई राहत तथा क्षतिपूर्ति दिने गरी रेल्वे अध्यादेश जारी गरिएको हो।रेलका कुनै यात्री वा अन्य व्यक्तिलाई चोटपटक लागेकोमा चोटपटकको स्थिति हेरेर औषधि उपचार खर्चबापत १ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने अध्यादेशमा उल्लेख छ । ‘कुनै व्यक्ति अङ्गभङ्ग भई

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १०१ पटक पढिएको
  • मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित

    जनकपुर,चैत्र ९ गते। आजका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको  बैठक पुनः स्थगन गरिएको छ ।सूचना जारी गर्दै प्रदेशसभाको बैठक विशेष कारणवश स्थगन भएको  प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभाको बैठक चौथोपटक स्थगित भएको हो । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगित भएका थिए ।फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखह

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १६० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२