सिरहा, माघ ६ । सिरहाका चारै वटा निर्वाचन क्षेत्रमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूले उल्लासमय वातावरणमा मनोनयन दर्ता गराएका छन्। आ–आफ्ना समर्थक र दलबलसहित विभिन्न दलका उम्मेदवारहरू मनोनयन दर्तामा सहभागी भएका हुन्।मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतका दलका उम्मेदवारहरू सहभागी भएका छन् भने केही स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्।निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मनोनयन दर्तालाई सहज बनाउन चारै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ। जसअनुसार निर
सिरहा,माघ ५ गते । जनमत पार्टीका राष्ट्रअध्यक्ष डा. सी. के. राउतले मधेसका अधिकार, पहिचान र समानताका लागि संघर्ष जारी राख्नुपर्नेमा जोड दिनुभएको छ।लहानमा माघ ५ गते आयोजित बलिदानी दिवस कार्यक्रममा उहाँले देशमा संघीयता, समावेशीता र पहिचानका मुद्दा स्थापित भए पनि सहिदहरूले देखेको सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताउनुभएको छ।डा. राउतले सहिदहरूको बलिदानले संघीयताको ढाँचा निर्माण गरेको तर मधेसका वास्तविक माग अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै, अधिकार र पहिचानका लागि संघर्षको विकल्प नरहेको प्रस्ट पार्नुभएको थियो।मधेस आन्दोलनका क्रममा आजकै दिन २०६३ माघ ५ गते लहानमा स्थानीय युवा रमेश महतोले ज्या
सिरहा, माघ ४ ।संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि र पशुपन्छी क्षेत्रको विकास बिना समग्र आर्थिक विकास सम्भव नहुने बताउनुभएको छ । मन्त्रालयले यी क्षेत्रको विकासका लागि योजनाबद्ध र सूक्ष्म रूपमा काम अघि बढाइरहेको उहाँले उल्लेख गर्नुभयो ।सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–६ कडरबोनामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको आज उद्घाटन तथा हस्तान्तरण गर्दै मन्त्री परियारले यस केन्द्रले स्थानीय कृषक तथा पशुपालकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन र समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहलाई
सिरहा,पुस ३० गते । माघी पर्वको अवसरमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित तिनकोनीमा स्थानीय स्तरमा गठित सूर्योदय टोल सुधार संस्थाले जेष्ठ नागरिक, अपांग तथा एकल महिला दुई दर्जन बढी व्यक्तिहरुलाई न्यानो कपडा फाइबर सिरक वितरण गरेको छ । स्थानीय स्तरमा संकलित रकमबाट जाडो छल्न फाइबर सिरक वितरित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख एवम् नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरीले गाउँवासीको एकताकै कारण जेष्ठ नागरिक सम्मान गर्ने ठाउँसम्म आइपुगेकाले अझ एकतालाई मजबूत पार्दै जानुपर्ने वताउनुभयो । उक्त कार्यक्रममा विशिष्ट अतिथि बुद्धिला
सिरहा,पुस २९ गते । सिरहा । सिरहाको लहान नगरपालिकाको १७ औँ नगरसभा भव्यरूपमा सम्पन्न भएको छ । उद्योगपति तथा समाजसेवी उमाप्रसाद मुरारका तथा प्रादेशिक अस्पतालका जग्गादाता मुरारी प्रसाद मुरारकाको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको हो ।नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरूमाथि विस्तृत छलफल गरिएको छ । सभामा प्रस्तुत नीति तथा कार्यक्रमहरूलाई नगरको आवश्यकता र जनताको चाहनाअनुसार थपघट गर्नुपर्ने विषयमा नगरसभा सदस्यहरूले सुझाव दिएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुरारी प्रसाद मुरारकाले स्थानीय तहको विकासमा नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रम जनताको जीव
सिरहा, पुस २६ गते । सरहाको लहान नगरपालिका वडा नं. ११ वेलीमा जोईस (जोशी) थाक वंशावलीहरूको छैठौं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।देशभरबाट आएका जोईस वंशावलीका प्रतिनिधि तथा अगुवाहरूको व्यापक सहभागितामा सम्मेलन सम्पन्न भएकोे हो ।कार्यक्रमका प्रमुख अतिथि उच्च अदालतका पूर्व न्यायाधीश तथा समाजसेवी सत्यमोहन जोशीले वंशावली संरक्षण केवल इतिहास जोगाउने काम मात्र नभई सामाजिक एकता, संस्कार र पहिचानलाई पुस्तौंदेखि निरन्तरता दिने अभियान भएको उल्लेख गर्नुभयो ।अधिवेशनमा संगठनको हालको अवस्था, भावी रणनीति, वंशावली अभिलेखीकरण, युवा सहभागिता र सामाजिक सेवाका विषयमा विस्तृत छलफल गरिएको थियो ।जोईस समुद
सिरहा, पुस २२ गते । बढ्दो चिसोसँगै शीतलहरको प्रभाव तीव्र बन्दै गएपछि लहान नगरपालिकाले चिसोबाट बच्न सहयोगस्वरूप फाइबरको सिरक वितरण गरेको छ । नगरपालिकाले अति विपन्न, दलित तथा गरिब परिवारलाई लक्षित गर्दै हालसम्म ७ सय ४० जनालाई सिरक वितरण गरेको हो ।जाडोयाममा चिसोका कारण हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सहयोग सामग्री वितरण गरिएको लहान नगरपालिकाले जनाएको छ । चिसो मौसमका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर सिरक वितरण गरिएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ७ सय ४० जनालाई सिर
सिरहा, पुस २२ गते । थारुको राष्ट्रिय पर्व माघीमहोत्सवको अवसरमा सिरहाको लहान नगरपालिका वडा नं. २२ स्थित बर्छवा धाँती फुटबल खेल मैदानमा आयोजना गरिएको १५ औँ पञ्च शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मलिथम फुटबल क्लब उदयपुरले भिमवान फुटबल क्लब फतेपुर लाई २–० गोल अन्तरले पराजित गरेको छ ।खेलको सुरुआतदेखि नै आक्रामक देखिएको मलिथम फुटबल क्लबले उत्कृष्ट टिमवर्क र अनुशासित खेल प्रदर्शन गर्दै विपक्षी टिममाथि दबाब सिर्जना गरेको थियो । खेलको पहिलो हाफमै मलिथमले दुई महत्वपूर्ण गोल गर्दै अग्रता बनाएको थियो । ती गोलहरूले भिमवान फुटबल क्लबलाई खेलमा फर्किन कठिन भएको थियो । दोस्रो हाफमा भिमवानले गोल फर्काउने
सिरहा,पुष १७ गते । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत गरिब, दलित तथा अत्ति बिपन्न परिवारलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको छ ।बैंकको मधेश प्रदेश प्रमुख श्याम चवाईंले लहान नगरपालिका वडा नं. ५ का स्थानीय बासिन्दाहरुलाई फाईबर सिरक वितरण गर्नुभएको छ ।यसरी जाडोयाममा फाइबर सिरक वितरण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं.०५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिती
सिरहा, पुस १६ गते । सिरहा जिल्लामा पछिल्लो केही दिनदेखि लगातार चलेको चिसो हावा र शितलहरका कारण जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न कठिनाइ भइरहेको छ। चिसोबाट बच्नका लागि सिरहाका विभिन्न बजार क्षेत्रमा जाडो छल्न कपडा किन्ने भिड लागेको छ।सिरहाका प्रमुख बजार क्षेत्रहरू लहान, गोलबजार, मिर्चैया, सिरहा र धनगढीमा जाडो कपडा किन्नेहरूको बाक्लो भीड देखा परेको छ। बजारमा ज्याकेट, स्वेटर, टोपी, जुत्ता, ब्लाङ्केट र सिरकजस्ता जाडो छल्ने सामग्रीको माग उल्लेख्य बढेको व्यापारीहरूले बताएका छन्। यद्यपि, चिसो बढेसँगै व्यापारमा चहलपहल बढे पनि मूल्य केही बढेकोमा उपभोक्ताहरू गुना
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.