X wada

स्थानिय

    Showing १२१-१३० of १,३२३ items.
  • सुन चाँदी पसलमा डाँका गर्ने चार योजनाकार पक्राउ

    सिरहा,माघ,२३गते। उधोग ब्यपार संघ लहानका अध्यक्षको सुन चाँदी पसलमा डाँका गर्ने योजना बनाउने ४ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ७ रहेका विकाश ट्रेडर्सका प्रोपराईटर विकास कुमार शारदा जाहेरीले जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने अं. वर्ष ४५ को ईन्दल भन्ने इन्द्र नारायण चौधरी, ऐ. लहान नगरपालिका वडा नं. २२ बस्ने अं. वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र देश भारत पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर वडा नं. ७ बस्ने निरोज भन्ने मेहराज मोन्डललाई पक्राउ गरेका छन् ।लहान नगरपालिका वडा नं. ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँ

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ५८० पटक पढिएको
  • बन्ध्याकरण गरेकाहरुलाई फलफूल वितरण

    सिरहा,माघ २० गते । सिरहा स्थित सुखिपुर नगरपालिका वडा नं ८ मा रहेको  आधारभूत नगर अस्पतालमा संचालित निःशुल्क परिवार नियोजन शिविरमा स्थाई बन्ध्याकरण गरेकाहरुलाई समाज सेवी तथा जय माँ दुर्गा भगवती कन्ट्रकसन सुखिपुर १० का संचालक दुर्गा भन्ने दुरेन्द्र यादवले फलफूल वितरण गरेको छ ।सन्तानको रहर पुगी सकेका पच्चिस जना स्थाई बन्ध्याकरण गरेका महिला पुरुषलाई पौष्टीक आहारका लागि यादवले सुन्तला,स्याउ र एउटा फ्रुटी वितरण गरेको हो ।निःशुल्क परिवार नियोजन शिविरमा स्थाई बन्ध्याकरण गरिएका महिला तथा पुरुष स्वास्थ्यमा सयोग पुग्ने भवनाले फलफूल वितरण गरीएको सहयोगी तथा समाजेवी यादवले बताउनु भयो ।सहयोगी यादवले यस आ

    • प्रकाशित मितिः माघ २०, २०८१
    • ५२५ पटक पढिएको
  • कारागारका एकजना कैदीको मृत्यु

    सिरहा,माघ २० गते । महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका(१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २स्३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए ।२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भु

    • प्रकाशित मितिः माघ २०, २०८१
    • ४३२ पटक पढिएको
  • एक करोड ४७ लाखको विद्यालय भवन

    सिरहा,माघ १७ गते । विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै सखुवानान्कारट्टी गाउँपालिका सिरहाको गाउँपालिका कोषको एक करोड ४७ लागतमा माध्यमिक विद्यालय महदेवा पोर्ताहाको हाताभित्र १२ कोठे भवन बन्दैछ । कक्षा कोठाको अभावमा विद्यार्थीहरुलाई पठन पाठनमा असहज भइरहेकोले उक्त भवनको आवश्यकता महसुस गरी उक्त भवन बनाउन लागिएको गाउँपालिकाका गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो । सखुवानान्कारकट्टी, नवराजपुर र लहान नगरपालिका गरी तीन पालिकाका विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा कक्षा कोठाको अभावमा कोचाकोच गरेर विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउनुपर्ने वाध्यता रहँदै आएको थियो । 

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ६७३ पटक पढिएको
  • कृषि सामाग्री कम्पनीमा रसायनिक मल भरिभराउ,मलका लगि किसान मुख ताक्दै

    सिरहा,माघ १७ गते । सिरहाको लहानस्थित कृषि सामाग्री कम्पनीमा रसायनिक मल भरिभराउ हुँदा समेत प्रदेश सरकारको वेवास्ताको कारण रसायनिक मल वितरणमा अन्यौलता छ ।  प्रदेश सरकार मन्त्रालयले स्थानीय तहलाई वितरण गर्ने मलको संख्या भाग लगाएर आउनुपर्ने भए पनि हालसम्म सो प्रक्रिया नहुँदा सिरहामा रसायनिक मल वितरण नसकिएको कृषि सामाग्री कम्पनीका शाखा प्रबन्धक दीपराज पौडेल वताउनुहुन्छ । प्रक्रियागत त्रुटीका कारण गहुँमा रसायनिक मल हाल्ने पिक समय हुँदा समेत कृषकहरुले मल पाएका छैनन् । तर सामाग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डि।ए।पी। र सात सय मेट्रिक टन युरिया मल स्टोक रहेको कार्यालयले जानका

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ६३७ पटक पढिएको
  • खानेपानीको लागि ट्याङकी बन्न लागेको झण्डै ८ वर्ष पुगे,धारामा पानी आउने अन्यौलता अझै कायम नै

    सिरहा,माघ,९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ भर्लेनीमा खानेपानीको लागि संरचना बन्न लागेको झण्डै ८ वर्ष पुगेछ । खानेपानीको लागि केही संरचना त बने तर बाँकी संरचनाहरु नबन्दा धारामा पानी आउने अन्यौलता अझै कायम नै छ ।२०७३ सालमा खानेपानीको लागि संरचना बन्न थालेपछि त्यस भेगका करिव तीन सय घर परिवारले धाराको पानी खान पाइने भयो भनेर स्थानीयले खुशीयाली मनाएका थिए तर अझै खानेपानीको लागि ठड्एिको टयांकीबाट पानी आउने अतोपत्तो नभएपछि वर्षौ पुरानो जिर्ण अवस्थामा रहेको भुल्के खानेपानीबाट स्थानीयले जसोतसो तिर्खा मेटाइरहेका छन् ।वडा नं.१३ का वडा अध्यक्ष सूर्यमान तामांगले खानेपानी कार्यालयको चरम लापरवाह

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ४५१ पटक पढिएको
  • पेस्तोलसहित दुई जना पक्राउ

    सिरहा,माघ ०८ गते । सशस्त्र प्रहरीले पेस्तोलसहित धनुषाबाट दुई जनालाई पक्राउ गरेको छ ।धनुषाको धनौजी गाउँपालिका–४ स्थित भडरियाबाट एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ स्थित सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो र भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पञ्चायत–५ का २१ वर्षीय रुपेशकुमार यादवलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए । बिओपी धनौजीको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट ९ एमएम बाउनिंग पेस्तोल बराम

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ४६९ पटक पढिएको
  • मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते

    सिरहा माघ ०८ गते जनकपुरधाममा  दुईवटा सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ ।  सोमबार राति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् । पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको अर्को गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जनाएका छन् । दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइर

    • प्रकाशित मितिः माघ ८, २०८१
    • १,३८१ पटक पढिएको
  • नहर मासेको भन्दै ६ बुँदे मागसहित स्थानीय आन्दोलित,आन्दोलनकारी र प्रहरीबीच घम्सा घम्सी

    सिरहा,माघ ७ गते । सिरहा जिल्लास्थित लहान नगरपालिकाले सौन्दर्यकरणको नाममा वर्षौदेखि अस्तित्वमा रहेको नहरलाई मास्ने कार्य गरिरहेको भन्दै ६ बुँदे मागसहित स्थानीयहरु आन्दोलित भएका छन् । नहर मासेर निर्माण हुन लागेको ढल निकासको काम बन्द गर, अतिक्रमित नहरको जग्गा तुरुन्त खाली गर, उच्च अदालतको अन्तरिम आदेश पालना गर लगायतका माग राखी स्थानीयहरु आन्दोलित भएका हुन् । किसानको हित विपरित साठी वर्षदेखि अस्तित्वमा रहेको नहरलाई हयुम पाइप राखी नहर मासेर ढल निकास गर्न लागेको भन्दै त्यसको प्रत्यक्ष असर किसानलाई पर्ने भएकाले आन्दोलनमा उत्रिएको आन्दोलनकारीहरुले वताएका छन् । नहरलाई मास्ने कार्य गरेको

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ३८८ पटक पढिएको
  • समाजमा रहेका विकृति र विसंगतिको समाचारलाईपनि प्राथमिकता दिनुपर्छ ः मन्त्री लेखी

    सिरहा,माघ,५ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी राजनीतिकबाहेक शिक्षा, स्वास्थ्य, कृषि लगाएत समाजमा रहेका विकृति र विसंगतिको समचारलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो । सिरहाको लहानमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० सिरहा शाखाको छैठौँ जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री लेखीले मिडियामा राजनीतिक समचारलाई बढी महत्व र स्थान दिएको वताउँदै उहाँले राजनीतिबाहेक कृषि, शिक्षा, स्वास्थ्यलगाएत क्षेत्रका विकृती र विसङ्गतीका कुरालाई समेत पत्रकारले उठाउनुपर्ने  जिकिर गर्नुभयो । मन्त्री लेखीले व्यवस्था र अवस्था परिवर्तनमा पत्रकारको महत

    • प्रकाशित मितिः माघ ५, २०८१
    • २१९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२