काठमाडौं,कार्तिक ७ गते – काठमाडौं महानगरपालिका(९ गैरीगाउँबाट ९ सय ७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका(६ घर भएका १९ वर्षीय तिलक बहादुर बस्नेत र तार्केश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङ तमनखोला गाउँपालिका(१ घर भएका २८ वर्षीय दिपक गोतामे रहेका छन् । संरक्षित वन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त खाग सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं,कार्तिक ७ गते –मानव बेचबिखनमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। डेनमार्क बेल्जियमको होटलमा हेल्पर काममा लगाइदिने बाहानामा बेचबिखन गर्ने बाग्लुङका राजेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा खड्कालाई पक्राउ गरेको हो। खड्कालाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद अनुमति लिइ प्रहरीले मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग द्ववेदीले बताए। मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी आठ लाख ५४ हजार रुपैयाँ ठगी गरेका थिए।
काठमाडौं, कात्तिक ७ गते –परराष्ट्र मन्त्रालय कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।आइतबार दिउँसो सञ्जयकुमार ठाकुरलाई प्रहरीले परराष्ट्र मन्त्रालयबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। मन्त्रालयका कर्मचारीहरूसँग अभद्र व्यवहार र दुर्व्यवहार गरेको भन्ने खबर आएपछि प्रहरीले उनलाई पक्राउ गरिएको बस्नेतले बताए। अहिले उनलाई प्रहरीले टेकुस्थित परिसरमा राखिएको छ
धनुषा,कार्तिक ७ गते – धनुषाधाम नगरपालिका-४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका(३ बस्ने २२ वर्षीय शुशिल मलिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मलिक लगाएत ५ जनाले यादवको घरबाट नगद, सुन तथा चाँदीका गहना र मोवाईल लगायतका सामान गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्ने क्रममा चोरीमा संलग्नमध्ये मलिकलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्र
सिरहा,कार्तिक ७ गते –सुनसरीमा खैरो हिरोइन (ब्राउन सुगर)सहित दम्पती पक्राउ परेका छन्।इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने शिवे सरदार र उनकी श्रीमती सगुन माझी सरदारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।गत शुक्रबार इटहरी(१७ लवीपुर(तरहरा भित्री सडकखण्डमा लागु औषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। सूचना पाएपछि इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले खैरो हिरोइन बिक्री गरिरहेको अवस्थामा शिवेलाई पक्राउ गरेको थियो। उनीमाथि प्ररम्भीक अनुसन्धान गरी प्रहरीले उनकी श्रीमती सगुनलाई पक्राउ गरेको कार्यालयले जनाएको छ। उनीहरूबाट प्रहरीले ४
सिरहा,कार्तिक ७ गते –चन्द्रागिरि नगरपालिकामा एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ। जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो।अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ । सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ । नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए। अर
सिरहा,कार्तिक ७ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् । पाँचथर र इलामको बाढीप्रहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ स्थित जलसिंह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पीडितई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।प्रदेश नम्बर एकमा सबैभन्दा धेरै क्षति पाँचथरमा भएको भन्दै देउवाले तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पीडितहरुको दीर्घकालिन व्यवस्थापनका लागि विषेशष कार्यक्रम ल्याउने बताएका हुन् । ‘सरकारले यसअघि नै आपतकालिन राहतका कार्यक्रमहरु ल्याएको छ,ु पीडितहरुलाई सम्बोधन गर्दै देउवाले भने,ुत
कनन्चपुर,कार्तिक ७ गते –बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ भने सोही ठाउँका शङ्करदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ । तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको थियो ।बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मार
काठमाडौं,कार्तिक ७ गते – कमर्सीयल बैंकहरुको कर्जा लगानी ३ महिनामा नै २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै बैंकहरुले २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले कर्जा लगानी बढाएको नेपाल बैंकर्स संघले जनाएको छ ।यो अवधिमा सबैभन्दा धेरै कर्जा लगानी ग्लोबल आइएमई बैंकले बढाएको छ भने सबैभन्दा कम लगानी विस्तार सिभिल बैंक र नेपाल बंगलादेश बैंकले गरेका छन् ।कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुले यस अवधिमा निक्षेप भने राम्रो संकलन गर्न सकेनन् । जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कममात्रै कर्जा लगानी गर्नु पर्ने भए पनि बैंकहरुले कर्जा लगानीको आधा रकम पनि निक्षेप संकल
काठमाडौं,कार्तिक ७ गते – सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ ।ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ ।बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.