सिरहा,कात्तिक २५ गते । राष्ट्रिय जनगणनाका लागि सिरहामा आजबाट जनगण्नाको गणक परिचालन गरिएको छ । आजबाट सुरु भएको जनगणनाको लागी सात सय ४६ जना गणक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय सिरहाले जनाएको छ । राष्ट्रिय जनगणनाका लागि सम्पूर्ण तयारी पूरा गरी आजबाट गणनाको कार्य आरम्भ गरिएको जिल्ला जनगणना कार्यालय सिरहाका प्रमुख शंकर ठाकुरले जानकारी दिनुभयो ।मंसिर ९ गते सम्म चल्ने जनगणनालाई प्रभावकारी बनाउन जिल्लाका १७ स्थानीय तहलाई गाभेर मिर्चैयो, गोलबजार, सिरहा, सुखिपुर, भगवानपुर, लहानसहित ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरेको पनि ठाकुरले जानकारी दिनुभयो ।गणकहरु प्रत्येक घरमा पुगेर
सिरहा, कार्तिक २४ गते । तराई मधेशमा धुमधामसँग देशभरि बडो निष्ठा एवम् उत्सवको रुपमा छठ पर्व मनाइदैछ । छठ पर्वको अवसरमा सिरहाको नदी तलाउ, पोखरी, खोलाको किनार एवम् जलाशयहरुमा दुलही झैं सिंगारिएको छ । सिरहाको जताततै छठ पर्वको गीतले गुन्जयमान छठ पर्वमा अझै रौनकता थपिएको छ । पर्वको आज चौथो र मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पूजा सामाग्रीहरु लिएर स्थानीयहरु जलाशयमा पुगी अर्घ दिइसकेका छन् । आज श्रद्धालु भक्तजनहरु निराहार ब्रत गरिरहेका छन् । पाँच दिनसम्म मनाउने छठ पर्व भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुनेछ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिल
अनुभक्त चौधरी । सिरहा, कार्तिक २४ गते । तराई मधेशमा हर्सोउल्लासले श्रद्घापुर्वक कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाईने छठ पुजाको सम्पुर्ण तयारी पुरा भएको छ ।सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्वमा छठका समानहरु किनमेल देखि लिएर पोखरी,नदी, तलाउ,कुलो र जलासयलाई सफा सुघर गरेर बेहुलिझै सिङ्गारिएको छ ।व्रतालुहरू पानी समेत नखाई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको
सिरहा,कार्तिक २३ गते –आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मंसिरको पहिलो साताबाट नामावली संकलन गरिने भएको हो ।नामावाली संकलनका लागि सरकारले निर्वाचन आयोगसँग केही दिन अघि छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो। जसका लागि प्राविधिक र बजेटको समेत तयारी भइरहेको आयोगले जनाएको छ ।‘मंसिर पहिलो साताबाटै हामी मुलुकभरका स्थानीय तहहरुको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिरहेका छौँ । हामीले प्राविधिकहरुलाई १ महिनाका लागि खटाउन
सौगात अधिकारी । जनकपुरधाम कार्तिक २३ गते । बडो आस्थापूर्वक मनाउने छठ पर्वको आज दोस्रो दिन खरना विधि गरिँदैछ । खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ ।छठपर्वको पहिलो दिन सोमबार नहायखाय विधि सम्पन्न भएको छ । कात्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ । छठपर्व मनाउनेहरु पोखरी, नदी, तल
सौगात अधिकारी । जनकपुर, कार्तिक २२ गते । जनकपुरधाम उपमहा नगर कार्यपालिकाको बैठकको माग गर्दै वडाध्यक्षहरुले नगर उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापन पत्र बुझाएका छन् । नगरकार्यपालिकाको बैठक प्रत्येक महिनाको एकपटक बोलाउनुपर्ने कानूनी व्यवस्था भएपनि नगरप्रमुख लालकिशोर साहको वेवास्ताको कारण विगत ५ महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको भन्दै उपमहानगरका १२ जना वडाध्यक्षहरुले उपप्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन् । ७ दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल गराएर कानून बमोजिम निर्णय गरिदिन माग गर्दै आफूहरुको मागलाई बेवास्ता गरिए कानू
धनगढी,कार्तिक २२ गते – कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका(५ मा बा.२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक जनाको मृत्युु भएको सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परेर लम्की चुहा नगरपालिका(७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्युु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ
पर्सा,कार्तिक २२ गते – जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित छिपहरमाई गाउँपालिका–२ टिउकी बस्ने ६० वर्षीय रामचन्द्र महतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारततर्फ जाँदै गरेको ना.६३ प. १७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक महतलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका-१२ सितलपुर नजिक सडकबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय चांदकिशोर राम र सोही ठ
काठमाडौं,कर्तिक २२ गते –प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन ९कोप–२६० मा भाग लिएर स्वदेश फर्किएपछि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालुवाटार स्रोतका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुनेछ।सरकारले यस अगाडिका सरकारले नियुक्ति ग
सिरहा,कार्तिक २२ गते । वर्षौदेखि अकाशे पानीको भरमा खेतीपातीगर्दै आएको सिरहास्थित औरही गाउँपालिका वडा नं. ३ र ४ का कृषकहरुलाई प्रदेश सरकारको सहयोगले सहजानदीमा हेडबक्स, क्यानललगायतका संरचना निर्माण गरिदिएपछि कृषकहरुको मुहारमा खुशीयाली छाएको छ । प्रदेश नं. २ सरकारको भौतिकपूर्वाधार विकास मन्त्रालय अन्तर्ग जलश्रोत तथा सिंचाई विकास कार्यालय सिरहा मार्फत् सहजा नदीमापाँच करोड ६० लाखको लागतमा हेडबक्स, क्यानल लगायतका संरचनानिर्माण भएर कृषकहरुको खेत खेतमा सिंचाई हुनथालेपछि आफूहरु खुशीभएको स्थानीय अशेश्वर यादवले जनाउनुभयो । हेडबक्स नभइदिंदा औरही वडा नं. ३ र ४ का खजनपुर, इटाटार, गोठ लगायतवरिपरिका
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.