X wada

राष्ट्रिय

    Showing ४१-५० of १,००२ items.
  • त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

    सिरहा,श्रावण  ९ गते । त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ५९३ पटक पढिएको
  • त्रिशुलीमा २ वठा बस खस्यो, यात्रुको खोजीका लागि गोताखोर परिचालन

    सिरहा,असार २८ गते । मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी सुरु गरेको हो । शिक्षालयबाट ७ गोताखोरसहित २५ जनाको टोली परिचालन गरिएको हो ।वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्सको यात्रुवाहक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको गणपति डिलक्सको बस पहिरोले बगाएको आशंका छ ।दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ । तीन यात्रु भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २८, २०८१
    • ३५७ पटक पढिएको
  • वन कार्यालय सिरहाले अतिक्रमण गरी वनाइएको घरमा चलाए डोजर

    सिरहा,असार ११ गते । वन अतिक्रमण गरी चारकोठे बनाएको भवन डिभिजन वन कार्यालय सिरहा,लहानले भत्काएको छ । साविक चन्द्रउदयपुर हाल गोलबजार नगरपालिका वडा नं.९ चोहर्वा व्यारेक नजिक सत्यदेव यादवले वन अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन भत्काएको हो ।घर निर्माणाधिन अवस्थामै वडा कार्यालय र वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दा गर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।्उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै 

    • प्रकाशित मितिः असार ११, २०८१
    • ९५७ पटक पढिएको
  • एसईईको नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने

    सिरहा,असार ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ ।अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गर्ने तयारी छ । विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ ।  दुई विषयसम्म नन ग्रेडेड ९एनजी० ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०८१
    • ३३८ पटक पढिएको
  • संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आफैंलाई हाने गोली

    काठमाडौं आसर ५ गते । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानेका छन्।  ड्युटीमा रहेका बेला बुधबार बिहान ८ बजेतिर  २२ वर्षीय अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरी स्रोतले जनाएको छ।संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले  ८स्१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।दोलखाको मेलुङ गाउँपालिका(४ घरका गोले  नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद स

    • प्रकाशित मितिः असार ५, २०८१
    • ६६४ पटक पढिएको
  • वातावरणीय प्रभाव अध्ययन विना गरिने उत्खननले चुरे पहाड कमजोर : प्रधानमन्त्री

    सिरहा,असार २ गते । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विस्तृत आयोजना प्रतिवेदन, इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव अध्ययन विना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड कमजोर भएको वताउनुभएको छ । आज सिरहाको मिर्चैैया नगरपालिका वडा नं. ७ स्थित लक्ष्मी सामुदायिक वनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले दशौं चुरे संरक्षण दिवसकोे अवसरमा आयोजना गरेको वृहत् वृक्षारोपण समारोहमा प्रधानमन्त्री दहालले उक्त कुरा वताउनुभएको हो । प्रधानमन्त्री दहालले तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अध

    • प्रकाशित मितिः असार २, २०८१
    • ५६८ पटक पढिएको
  • राजदेवी मन्दिरमा भक्तजनकोे घुइँचो

    सिरहा १० जेठ । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित आस्था र पवित्रताको प्रतिकको रुपमा रहेको राजदेवी मन्दिरमा भक्तजनहरुको आज विहानैदेखि घुइँचो लागेको छ । भाकल गरे मनोकामना पूरा हुने जनविश्वासको कारण देश विदेशबाट आजका दिन राजदेवी मन्दिरमा भाकल गरे अनुसारको पशुपक्षीको बलि चढाउन असंख्य रुपमा भक्तजनहरु ओइरिएका हुन् । राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरेपछि सन्तान प्राप्ति, रोग व्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ ।लहान बजारबाट करिब ७ किलोमिटर उत्तरमा पर्ने राजदेवी मन्दिर बाराको गढिमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा पशु बलि दिने मन्दिरको रुपमा लिने गरे

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ४३१ पटक पढिएको
  • लामाको २४ औं स्मृति दिवस

    वैशाख २८ शुक्रबार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण चौधरीले नेता निर्मल लामा नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व भएको बताएका छन् ।धनगढीमाई नगर समितिदारा विहीबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित सहकारी भवनमा बिहीबार आयोजित  २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै चौधरीले सो कुरा बताएका हुन् ।कार्यक्रममा नेता चौधरीले भने, ’निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्वको रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता पनि

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ४९६ पटक पढिएको
  • हुन्डीको रकमसहित दुई जना पक्राउ

    वैशाख २८, शुक्रबार । सिरहा । हुन्डीको रकमसहित प्रहरीले काठमाडौँको दरबारमार्गबाट ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा पुरुषहरु रहेको वताइएको छ । 

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ४१० पटक पढिएको
  • चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाण्डौ,बैशाख ७ गते । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी  भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको पनि सम

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • ६६९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२