X wada

राष्ट्रिय

    Showing ३२१-३३० of १,००४ items.
  • कुकुरले टोक्दा सोह्र जना बिरामी

    सर्लाही, जेठ १६ गते  । सर्लाहीको हरिवन नगरपालिका–८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार ती दुई वडामा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयवासीले बताएका छन् । त्यसरी मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ । कुकुरले टोकेर वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा छ जना बिरामी परेको स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ । कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि क

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १८६ पटक पढिएको
  • धनुषाको लोटा गाउँ शोकमग्न,विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु,

    ढल्केबर, जेठ १६ गते । विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो । मुस्ताङको थासाङ गाउँपालिका –२, सानुसरे भीरमा सोमबार बिहान विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा सवार चालकदलसहित सबैको मृत्यु भएको खबर आएको छ । विमान दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११, लोटाका राजनकुमार गोलेसहित उहाँका बाबु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङको मृत्यु भए

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १७३ पटक पढिएको
  • तारा एयरको विमान सम्पर्कबिहिन

    सिरहा,जेठ १५ गते । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • ३७२ पटक पढिएको
  • किसानलाई धानको बीउको पिरोलो

    महोत्तरी, १५ जेठ गते । महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । “आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला रु”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ कसैले नभनेका भङ्गाहा–४ का किसान मोहन खाँ थारु भन्नुभयो  ।“चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभि

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १४८ पटक पढिएको
  • ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

    सिरहा,जेठ १४ गते । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचि

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • १८७ पटक पढिएको
  • ८३४ कैदीको सजाय माफी

    सिरहा,जेठ १४ गते ।  सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • १८८ पटक पढिएको
  • सिरहाः कार्यालयमा कर्मचारी अनुपस्थित, स्पष्टिकरण

    सिरहा,जेठ १४ गते । जिल्ला प्रशासन सिरहाले सदरमुकामकै १० वटा कार्यालय अनुगमन गर्दा ५ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालयका भवेश कुमार झा र हरिकिशोर प्रसाद चन्द्रवंशी सहितको टोलीले शुक्रबार जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा सहित १० कार्यालय १० जना कर्मचारी अनुपस्थित रहेको पाइएको होे।सदरमुकामै कार्यालयहरुमा ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिनभित्र स्पष्टिकरणको लागि पत्राचार गरेको छ।‘अनुपस्थित हुने कार्यालय र ती कार्यालयका प्रमुखलाई लिखित रूपमा स्पष्टिकरण पेश गर्न पत्राचार भइ

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • २१७ पटक पढिएको
  • यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा

    काठमाडौँ, जेठ १३ गते । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गर्नुभएको छ । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउनुहुने भएको छ । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ । सातवटै प्रदेश सभाले निर्माण गरेको कानुनमा जनप्रतिधिको प्रमुखको सेवासुविधा ३० हजारदेखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवासुविधा लागू हुने गर्दछ । जनप्रतिनिधिले पाउने स

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १७५ पटक पढिएको
  • सप्तरीमा बाढी पूर्वतयारीका लागि कृत्रिम अभ्यास

    सुप्तरी,जेठ १३ गते । सप्तरीको राजविराजमा  बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको निर्देशनमा नेपाली सेनाको श्री बरख दल गणको आयोजनामा बिहीबार राजविराज–६ स्थित पूर्णी पोखरीमा बाढीको कृत्रिम अभ्यास सम्पन्न भएको हो । बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको श्री बरख दल गणले जानकारी दिएको छ । अभ्यासका क्रममा दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित रामपुरामा सप्तकोसी नदीको भङ्गालो पसेर आएको बाढीको दृश्य देखाइएको थियो । बाढीले डुबानमा परेका व्यक्तिलाई जोगाउन

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १४१ पटक पढिएको
  • ‘एक्सन’ मा हर्क मेयर

    इटहरी,जेठ १२ गते । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए ।यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आपूm धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् ।– पहिलो दिनमै खानेपानीको मुहानमा सरसफाइ– आज (बिहीबार ) द

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • १६३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२