X Sharama Funecure

राष्ट्रिय

    Showing ३०१-३१० of ९९३ items.
  • भक्तपुरमा भूकम्पको धक्का

    काठमाडौँ, जेठ २८ गते । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ  । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको  धक्का महसुस भएको हो । भक्तपुर  जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०७९
    • १५८ पटक पढिएको
  • सेनिटरी प्याडमा भन्सार ९०% छुट, मूल्य उल्टै वृद्धि

    काठमाडौँ — महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले भन्सार छुट दिएपछि राज्य, स्वदेशी उद्योग र उपभोक्ता उल्टो मर्कामा परेका छन् । विदेशबाट तयारी अवस्थामा आउने प्याडको भन्सारमा ९० प्रतिशत सहुलियत दिँदा राजस्व स्वतः कम हुने भएको छ भने अर्कोतिर कच्चा पदार्थमा भन्सार यथावत् राखिएकाले स्वदेशी उद्योगको लगानी जोखिममा परेको छ ।त्यसमाथि तयारी प्याडको भन्सार १५ प्रतिशतबाट १।५ प्रतिशतमा झारिएको दुई साता नपुग्दै सबैजसो विदेशी प्याडको मूल्य झन् बढेको छ ।अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करिब २० दिन बजारमा प्याडकै अभाव भएको औषधि पसलका सञ्चालकहरू बताउँछन् । खासमा भ

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • २४८ पटक पढिएको
  • अप्टिकल फाइबर विस्तारमा तीव्रता

    सिरहा,जेठ २७ गते । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिए बमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ भने बाँकी परियोजनामा दोस्रो र तेस्रो चरणको अनुगमन र प्रमाणीकरण भइरहेको छ । त्यसैगरी सोही कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने का

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • १२७ पटक पढिएको
  • काउलीमा खान नहुने विषादी भेटियो

    काठमाण्डौ,जेठ २५ गते । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो ।कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म विषादी भएको केही परिणामको काउली बजारमा गएको हुनसक्ने श्रेष्ठल

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • १६२ पटक पढिएको
  • मधेशी दलको घट्दो प्रभाव

    गत महिना सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले सत्ताधारी नेपाली काँग्रेसलाई देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । पाँचदलीय गठबन्धनमा सामेल नकपा माओवादी केन्द्रको उपस्थितिलाई सन्तोषजनक मान्न सकिन्छ । पोखरा र हेटाँैडाजस्ता प्रमुख पालिकामा माधवकुमार नेपाल नेतृत्वको पार्टीले प्राप्त गरेको सफलतालाई पनि सराहनीय मान्नुपर्छ ।साढे चार वर्षदेखि मधेश प्रदेश सरकारको नेतृत्व गर्दै आएको जनता समाजवादी पार्टी र तिनका सहयोगी लोकतान्त्रिक समाजवादी पार्टीले यस चुनावमा ठूलो पराजय भोग्नु प(यो । तराई मधेश प्रदेश क्षेत्रका

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • १५९ पटक पढिएको
  • उठ्न थाल्यो उपत्यकाको फोहोर

    काठमाडौँ, जेठ २५ गते । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौँबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिनुभयो ।फोहोर विसर्जन गर्न दिने सहमति भए पनि स्थानीयवासीले फोहोर ढुवानी कार्यमा अवरोध कायम राखेका छन् । सुरक्षाकर्मी लगाएर फोहोरको ढुवानी र विसर्जन गर्नुपरेको ल्यान्डफिल साइट इन्चार्ज श्रेष्ठले बताउनुभयो । फोहोर लिएर काठमाडौँबा

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • २०८ पटक पढिएको
  • रेलमा आगो लागेको समाचार गलतः इन्जिनियर साह

    जनकपुरधाम, जेठ २१ गते । जयनगर–कुर्था सञ्चालन हुँदैआएको रेलमा बिहीबार आगलागिको समाचार समाजिक सञ्जालमा भाइरल भइरहँदा सो सूचना पूर्णतः गलत भएको रेल्वे विभागका ईन्जिनियर रविन्द्र साहले जानकारी दिनुभयो । “भारतको जयनगरबाट बिहीबार करिब ३ बजेतिर छुटेको रेलमा सवार यात्रुले एसिड ल्याउँदै गर्दा उक्त एसिड थोरै मात्रामा पोखिएर अर्को यात्रुको जिउमा परेको हो, आगो लागेको होइन” ई। साहले भन्नुभयोे । एसिड ल्याउने दुई जना महिला थिए । ती महिलाले साथमा पाँच लिटर ग्यास अट्ने सानो सिलिण्डरसहितको ग्यास चुल्हो पनि बोकेको उहाँले जानकारी दिनुभयो । “भारतबाट रेलमार्फत एसिड ल्याउँदैगरेको अवस्थामा यात्रु बस्ने सिटम

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • १४२ पटक पढिएको
  • जनकपुर–जयनगर रेल घाटामा जाने चिन्ता

    जनकपुर–नेपाल रेल्वेले लामो प्रतिक्षापछि कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनमा ल्याए पनि आत्मनिर्भर हुन संघर्ष गरिरहेको छ । करिब दुई महिनादेखि सञ्चालन हुँदै आएको रेलमा यात्री खचाखच हुन्छन् तर पनि रेल्वे आत्मनिर्भरतातर्फ उन्मुख भएको देखिँदैन । दैनिक रुपमा रेल्वेले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेमा मात्र नाफा आर्जन गर्नसक्ने कर्मचारीहरु बताउँछन् ।नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा भने अहिले नै रेल सेवा सञ्चालनबाट नाफा नोक्सान निकाल्दा हतार हुने बताउँछन् । उनले रेल्वेको दीर्घकालीन आत्मनिर्भरताका लागि आन्तरिक गृहकार्य भइरहेको बताए ।दुई महिनादेखि नियमित सञ्चालनमा रहेको रेलम

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • २२० पटक पढिएको
  • मधेस प्रदेशमा जेठ २२ गते नीति कार्यक्रम पेस हुने

    सिरहा,जेठ २० गते । मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते आइतबार दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । आज बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने जानकारी गराए । उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आआफ्नो वेषभूषामा सहभागी हुन प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभयो । 

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • २३० पटक पढिएको
  • कुकुरले टोक्दा सोह्र जना बिरामी

    सर्लाही, जेठ १६ गते  । सर्लाहीको हरिवन नगरपालिका–८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार ती दुई वडामा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयवासीले बताएका छन् । त्यसरी मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ । कुकुरले टोकेर वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा छ जना बिरामी परेको स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ । कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि क

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १६५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२