X Sharama Funecure

राष्ट्रिय

    Showing २३१-२४० of ९९३ items.
  • प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री खाँण

    काठमाण्डौ,मंसिर १८ गते । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन्। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए।भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरुपमारुपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा गरे। मुलुकको शान्ति सुरक्षा तथा सुव्यावस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो।गृहमन्त्री खाँणले कार्यालयम

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • १२१ पटक पढिएको
  • कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

    जनकपुरधाम, मंसिर १७ गते । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ । गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । पक्राउ परेका द

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • १८१ पटक पढिएको
  • आईसीसी क्रिकेट विश्वकप लिग टुमा नयाँ कप्तान, नयाँ प्रशिक्षक सहित नेपाल आज नामिबियासँग खेल्दै

    काठमाण्डौ,मंसिर १६ गते ।आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ ।नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डम

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • २०३ पटक पढिएको
  • दोलखामा आज मतदान केन्द्रमा मतदान जारी

    दोलखा,मंसिर १५ गते । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ ।निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका  छ भने मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।सो जिल्लाको वैतेश्वर गाउँपालिका(६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • ११७ पटक पढिएको
  • जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको हर्षोल्लास

    धनुषा, मंसिर १२ गते । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी सीताबीच विवाह भएको दिनको सम्झनामा जनकपुरधाममा सप्ताहव्यापी मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लासपूर्वक मनाइँदैछ । जनकपुरधामको जानकी मन्दिरलाई झिलीमिली पारी बेहुलीझैँ सजाइएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको बाह्रबिघा रङ्गभूमि मैदानमा सोमबार दिउँसो रामसीताको स्वयम्बर हुने र राति मैथिल वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो । स्वयम्बरका लागि जनकपुरधामको राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट माता जानकीको डोला बाह्र बिघा रङ्गभूमि

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • १६४ पटक पढिएको
  • सिरहा २ मा राजकिशोर यादव विजयी

    सिरहा २ मा राजकिशोर यादव विजयीसिरहा,मंसिर १० गते। सिरहा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यामा नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धनको जसपाका राजकिशोर यादव विजयी भएका छन् । राजकिशोरसँग सत्ता गठबन्धन नेपाली काँग्रेसकी चित्रलेखा यादव ११ सय ५० मतान्तरले पराजय भइन् । उनले २३ हजार २८ मत प्राप्त गरेकी छन् भने जनमत पार्टीका विनोद कुमार यादव १६ हजार ९ सय २ मत प्राप्त गरी तेश्रो स्थानमा समित्त भए । मत गणनाको सुरुवाती अवस्था देखि राजकिशोर अग्रता कायम राख्यो भने जनमतका विनोद यादवले पिछा गर्दै थिए । विनोदको मत घट्न थालेपछि चित्रलेखाले अग्रता लिन थालिन् तर उनलाई अघि बढ्न दिएन राकिशोरले आफ्

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • २६५ पटक पढिएको
  • धनुषा निर्वाचन क्षेत्र २ मा दुई यादव बिच प्रतिस्पर्धा

    जनकपुरधाम मंसिर १ गते ।  आसन्न मंसिर ४ गते हुने निर्वाचन नजिदिकिए संगै धनुषा निर्वाचन क्षेत्र नं २ मा चुनावी माहोल तातेका छन् । सत्तारुढ गठबन्धनबाट रामकृष्ण यादव तथा जसपा पार्टी  सामाजसेवी गंगाराम यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसापा पार्टी बाट समाजसेवी गंगाराम यादव र सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादवबीच  नै मुख्य प्रतिस्पर्धा हुने अहिले सम्मको आकलन रहेको छ । समाजसेवीका रुपमा चर्चामा रहेका उनलाई  जनताले आ-आफ्ना समस्याहरु सुनाउन छाडेका छैनन् । यादवले समजमा गरेका कामको  मूल्याकंन अहिले जनताले गर्दैछन । यस निर्वाचन क्षेत्रमा प्रतिनिधिस

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • ५७० पटक पढिएको
  • आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु

    सिरहा,मंसिर १ गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्ट

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • १८० पटक पढिएको
  • सुरक्षा संवेदनशील भएका क्षेत्रमा विशेष सुरक्षा योजना

    काठमाडौँ, मङ्सिर १ गते । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा संवेदनशीलतका आधारमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।गृह मन्त्रालयले तयार पारेको निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय भएको छ ।निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायबीच समन्वय हुने गरी केन्द्र प्रदेश तथा जिल्ला तहमा एकीकृत सुरक्षा कक्षसमेत तयार भइसकेका छन् । निर्वाचन आयोगले मङ्गलबार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका अध

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • १५५ पटक पढिएको
  • क्रान्तिकारी माओवादीका सातजना प्रहरी नियन्त्रणमा

    बर्दिबास, कात्तिक २९ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनविरुद्ध गतिविधि गरेको आरोपमा सशस्त्र प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।सशस्त्रले नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै, रामगोपालपुर नगरपालिका–५ का विजय मण्डल, वडा नं। ७ का लक्ष्मण यादव, अनिल ठाकुर, वडा नं ८ का उपेन्द्र यादव, श्यामकुमार यादव तथा बलवा ७ का राजेश यादवलाई पनि पक्राउ गरेको सशस्त्रले जनाएको छ । उहाँहरुलाई निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा बलवा नगरपालिका ७ बनौटास्थित सुरक्षा बेसका सशस्त्र नायब उपरीक्षक नरेन्द्रसिंह

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • १५८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२