X wada

मुख्य समाचार

    Showing ८०१-८१० of २,९७० items.
  • वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक

    काठमाडौं, मङ्सिर ६ गते । गैर आवासीय नेपाली सङ्घका अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास  सफल भएको बताउनु भएको छ । अध्यक्ष थापाले सङ्घले लगातार नेपाल सरकार र सम्बन्धित निकायसँग गरेको पहलले मूर्तरूप लिएको बताउनु भएको हो । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक पनि गरेको छ । आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारी हुने उहाँको भनाइ छ । सङ्घले सरकारसँग&nb

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १३२ पटक पढिएको
  • राष्ट्रपति समक्ष जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुदै

    काठमाडौं, पुस ६ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सङ्घीय संसद् प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवनमा बुधबार दिउँसो ज्येष्ठ सदस्य राणाले शपथ लिनुभएको हो।  नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म वि।सं। १९९८ मङ्सिर २४ गते भएको हो।  प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ। सभामुखको चयन नहुँदाका बखत प्रतिनिधि सभाको अध्यक्षता गर

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १३४ पटक पढिएको
  • सदाय समुदायका किशोरीहरु मखमली उडान सिकाइ केन्द्र सहयोगले पढ्न पाएपछि खुशी

    सिरहा,पुस ६ गते । सखुवानन्कारकटि गाउँपालिका –३ पोर्ताहा गाउँमा श्री जनता माध्यमिक विद्यालय भए पनि त्यस गाउँका दलित (मुसहर) समुदायका शिक्षाबाट बञ्चित रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरु अहिले पढ्ने वातावरण मखमली उडान सिकाइ केन्द्रले जुराइदिएपछि खुशी भएर पढ्न थालेका छन् । १४ वर्ष उमेर भएकी लक्ष्मीनियाँ सदाय त्यस माध्यमिक विद्यालयमा गाउँपालिकाको पहल र दतित जनकल्याण लहानको सहयोगमा सञ्चालित मखमली उडान सिकाइ केन्द्रमा भर्ना भएर अक्षर चिन्दै किताब पढ्न थालेकी भन्दै ६ महिना अझै पढेर त्यही विद्यालयको कक्षा ५ वा ६ मा पढ्न सकिने हिम्मतका साथ पढ्न लागेको बताउनुभयो । अक्षर चिनौ‌ला र क

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १२५ पटक पढिएको
  • माओवादीले पुस ७ गते संसदीय दलको नेता चयन गर्ने

    काठमाण्डौ,पुस, ६ गते । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताइन् । प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको उनको भनाइ  छ । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । पार्टीमा  दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन सम्भावना रहेको हो  । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।रातो पाटी बाट 

    • प्रकाशित मितिः पुस ६, २०७९
    • ११६ पटक पढिएको
  • कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

    काठमाडौं, पुस ६ गते । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज ९बुधबार० मतदान सुरु भएको छ ।संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १८१ पटक पढिएको
  • पुस ३ सम्ममा ११ अर्ब बढीको विद्युत निर्यात

    काठमाण्डौ,पुस ५ गते ।  यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स०को डे(अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु०मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।सुरुम

    • प्रकाशित मितिः पुस ५, २०७९
    • १४७ पटक पढिएको
  • हज यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता हुने

    सिरहा,पुस ५ गते। नेपाल हज समितिले हजयात्रुहरुबाट लिएको विविध शुल्क वापतको रकम फिर्ता गर्ने भएको छ ।यस वर्षको हजमा सहभागी ५५८ जना हज यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता गर्न लागिएको हो ।हज समितिले हज यात्रामा सहभागीहरुलाई नेपालका क श्रेणीका बैंक खाताको विवरण र पासपोर्टको फोटोकपी सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आजको मितिदेखि एक महिनाभित्र निवेदन दिन अनुरोध गरेको छ ।सन् २०२२ को जुलाईमा हजका लागि नेपालबाट जाने यात्रुहरुबाट विविध खर्च शीर्षकमा साउदी रियाल २०० को दरले रकम लिएको थियो । उक्त रकम खर्च भएको थिएन ।परराष्ट्र मन्त्रालयमार्फत् नेपाली कन्सुलेट जनरल जेद्दाबाट रकम भुक्तानी हुँ

    • प्रकाशित मितिः पुस ५, २०७९
    • १८८ पटक पढिएको
  • सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईको मृत्यु

    सर्लाही, पुस ५ गते । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ ।हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ ।केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको

    • प्रकाशित मितिः पुस ५, २०७९
    • १८६ पटक पढिएको
  • सांसदहरूको शपथ यसै साता दिउँसो १ बजे गर्ने तयारी

    काठमण्डौ,पुस४ गते । संघीय संसद सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार सांसदहरूको शपथ पुस ६ वा ७ गते दिउँसो १ बजे गर्ने तयारी छ ।तर, सांसदहरुको शपथ भन्दा अगाडि निर्वाचितहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुपर्छ । ज्येष्ठ सदस्यको पहिचान संसद सचिवालयले गरिसकेको छैन ।निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध ग

    • प्रकाशित मितिः पुस ४, २०७९
    • १३७ पटक पढिएको
  • गठबन्धनका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्छौं नेपालको चेतावनी

    काठमाण्डौ,पुस ४ गते ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् ।सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको बताए ।‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं,’ नेपालले भने, ‘गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’उनले यसबारेमा थप व्याख्या भने गरेनन् । सत्ता गठबन्धनभित

    • प्रकाशित मितिः पुस ४, २०७९
    • १५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२