X Sharama Funecure

मुख्य समाचार

    Showing ५१-६० of २,९४४ items.
  • लहान नगरपालिकाद्वारा शीतलहर प्रभावितलाई सिरक वितरण

    सिरहा, पुस २२ गते । बढ्दो चिसोसँगै शीतलहरको प्रभाव तीव्र बन्दै गएपछि लहान नगरपालिकाले चिसोबाट बच्न सहयोगस्वरूप फाइबरको सिरक वितरण गरेको छ । नगरपालिकाले अति विपन्न, दलित तथा गरिब परिवारलाई लक्षित गर्दै हालसम्म ७ सय ४० जनालाई सिरक वितरण गरेको हो ।जाडोयाममा चिसोका कारण हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सहयोग सामग्री वितरण गरिएको लहान नगरपालिकाले जनाएको छ । चिसो मौसमका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर सिरक वितरण गरिएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ७ सय ४० जनालाई सिर

    • प्रकाशित मितिः पुस २२, २०८२
    • १६९ पटक पढिएको
  • मलिथम फुटबल क्लब उदयपुरको विजयी

    सिरहा, पुस २२ गते । थारुको राष्ट्रिय पर्व माघीमहोत्सवको अवसरमा सिरहाको लहान नगरपालिका वडा नं. २२ स्थित बर्छवा धाँती फुटबल खेल मैदानमा आयोजना गरिएको १५ औँ पञ्च शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मलिथम फुटबल क्लब उदयपुरले भिमवान फुटबल क्लब फतेपुर लाई २–० गोल अन्तरले पराजित गरेको छ ।खेलको सुरुआतदेखि नै आक्रामक देखिएको मलिथम फुटबल क्लबले उत्कृष्ट टिमवर्क र अनुशासित खेल प्रदर्शन गर्दै विपक्षी टिममाथि दबाब सिर्जना गरेको थियो । खेलको पहिलो हाफमै मलिथमले दुई महत्वपूर्ण गोल गर्दै अग्रता बनाएको थियो । ती गोलहरूले भिमवान फुटबल क्लबलाई खेलमा फर्किन कठिन भएको थियो । दोस्रो हाफमा भिमवानले गोल फर्काउने

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २२४ पटक पढिएको
  • कामना सेवा विकास बैंकद्वारा विपन्न परिवारलाई फाईबर सिरक वितरण

    सिरहा,पुष १७ गते । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत  गरिब, दलित तथा अत्ति बिपन्न परिवारलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको छ ।बैंकको मधेश प्रदेश प्रमुख श्याम चवाईंले लहान नगरपालिका वडा नं. ५ का स्थानीय बासिन्दाहरुलाई फाईबर सिरक वितरण गर्नुभएको छ ।यसरी जाडोयाममा फाइबर सिरक वितरण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं.०५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिती

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ५३० पटक पढिएको
  • एपिएफ स्कुलले भव्यतापुर्वक मनायो पाँचौ स्थापना दिवस

    राजविराज, १६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका ११ लहरनियाँस्थित नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलले बुधवार आज भव्य कार्यक्रमका बीच पाँचौ स्थापना दिवस तथा अभिभावक समारोह मनाएको छ ।  विद्यालय प्राङ्गणमा आयोजित समारोहमा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका बाहिनीपति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले विद्यालयद्वारा प्रकाशित ‘‘द मिरर” नामक पुस्कत बिमोचन गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी तथा सशस्त्र प्रहरी कर्मचारीहर

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २६६ पटक पढिएको
  • चिसोको असर बढ्दै,सिरहामा जाडो छल्न कपडा किन्नेहरुको भिड

    सिरहा, पुस १६ गते । सिरहा जिल्लामा पछिल्लो केही दिनदेखि लगातार चलेको चिसो हावा र शितलहरका कारण जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न कठिनाइ भइरहेको छ। चिसोबाट बच्नका लागि सिरहाका विभिन्न बजार क्षेत्रमा जाडो छल्न कपडा किन्ने भिड लागेको छ।सिरहाका प्रमुख बजार क्षेत्रहरू लहान, गोलबजार, मिर्चैया, सिरहा र धनगढीमा जाडो कपडा किन्नेहरूको बाक्लो भीड देखा परेको छ। बजारमा ज्याकेट, स्वेटर, टोपी, जुत्ता, ब्लाङ्केट र सिरकजस्ता जाडो छल्ने सामग्रीको माग उल्लेख्य बढेको व्यापारीहरूले बताएका छन्। यद्यपि, चिसो बढेसँगै व्यापारमा चहलपहल बढे पनि मूल्य केही बढेकोमा उपभोक्ताहरू गुना

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २३० पटक पढिएको
  • पोषण सम्बन्धी नाटक प्रदर्शन

    सिरहा,पुस ११ गते । पोषण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सिरहाको अर्नमा गाउँपालिकामा दलित जनकल्याण युवा क्लव लहान सिरहाले सडक नाटक प्रदर्शन गरिएको छ ।  ।  गाउँ क्षेत्रमा पोषण सम्बन्धी जानकारीको अभावमा विशेष गरी गर्भवती महिला र बालवालिकाहरुमा हुने कुपोषणका कारण विभिन्न खालका रोगहरु लाग्नबाट बचाउने उद्देश्यले सडक नाटकको आयोजना गरिरहेको क्लवका अध्यक्ष उमेश विशुन्केले जानकारी दिनुभयो । विशेष कलाकारद्वारा प्रदर्शन गरिएको उक्त नाटक स्थानीयहरुले बडो उत्साहपूर्वक हेरिएको थियो । पोषण सम्बन्धी नाटकले सबैलाई पोष्ण सम्बनधी हुने फाइदाको बारेमा पुनर्ताजगी भएको स्थानीयहरुले वताएका छन् । 

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ४२० पटक पढिएको
  • बाक्लो कुहिरोसँगै सिरहासहित तराई–मधेशमा शितलहर शुरु

    सिरहा,पुस ४ गते । बाक्लो कुहिरोसँगै आजदेखि तराई–मधेश क्षेत्र तथा सिरहा जिल्लामा शितलहर शुरु भएको छ । शितलहर सुरु भएसँगै चिसो अत्यधिक बढेको छ, जसका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । चिसो बढेसँगै घरबाहिर हिडडुल गर्ने मानिसहरूको संख्यामा कमी आएको छ ।आज बिहानदेखि बाक्लो कुहिरो लागेको छ । कुहिरोका कारण दृश्यता कम हुँदा सवारी साधन सञ्चालनमा समेत समस्या देखिएको छ । चिसोबाट बच्न गाउँघरदेखि शहरसम्म मानिसहरूले आगो (घुरा) बालेर सहारा लिने गरेका छन् । यसले गर्दा चोक–चौराहा तथा टोलटोलमा मानिसहरूको चहलपहल निक्कै पात्लिएको देखिन्छ ।हिजो बिहीबारसम्म सिरहा लगायतका जिल्लाहरूमा घाम राम्ररी लागेको भए पन

    • प्रकाशित मितिः पुस ४, २०८२
    • २९९ पटक पढिएको
  • नेमान (न्वाङ्गि) पर्व सम्पन्न

    सिरहा,मंसिर २६ गते । आफनो कलासांस्कृतिलाई जगेर्ना गर्न सप्तरीको सुरुङ्गा नगरपालिका–३, श्रीपुरमा दनुवार समुदायको महत्वपूर्ण राष्ट्रिय पर्व नेमान (न्वाङ्गि) एक विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ । कृषि चक्रसँग प्रत्यक्ष सम्बन्धित यो पर्व दनुवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ । खेतीपातीको मुख्य समयमा मनाइने नेमान पर्वअन्तर्गत धानको वेर्ना लगाइने, नयाँ वाली घरभित्र्याई कुलदेवतामा चढाइने र त्यसपछि मात्र परिवार तथा समुदायका सदस्यहरूले ग्रहण गर्ने परम्परा रहिआएको छ । यसरी पहिलो अन्न देवतामा अर्पण गरेर वर्षभरि सुख–समृद्धि र राम्रो उत्पादनको कामना गरिन्छ ।कार्यक्रममा शुभकामन

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २२४ पटक पढिएको
  • अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा फलफूल र पौष्टिक आहार वितरण

    सिरहा,मंसिर २४ गते । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन सिरहाले प्रादेशिक अस्पताल लहानमा उपचाररत बिरामीहरूलाई फलफूल र पौष्टिक आहार वितरण गरेको छ ।मानव अधिकार, मानवीय मूल्य र स्वास्थ्यको महत्वलाई जोड दिदै अस्पतालमा उपचाररत ६० जना बिरामीहरूलाई फलफूल र पौष्टिक आहार वितरण गरिएको हो । ईलाका प्रशासन कार्यालय लहान, सिरहाका कार्यालय प्रमुख वेदनिधि खनालले फलफूल र पौष्टिक आहार वितरण  गर्दैै यस किसिमको पहल स्वास्थ्य र मानव अधिकार संरक्षणको दृष्टिले प्रशंसनीय भएको बताउनु भयो ।नेपाल मानव अधिकार संगठन, मधेश प्रदेशका संयोजक विमल ठाकुरका अनुसार यस्तो सामाजिक कार्य

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • १९४ पटक पढिएको
  • हत्यापछि फरार प्रतिवादी पक्राउ

    बर्दीबास, मङ्सिर ९ गते । महोत्तरी जिल्लामा घटेका अलग–अलग हत्या घटनामा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।जिल्ला प्रहरीका अनुसार आफ्नै बुवाको हत्या गरी फरार रहेका महोत्तरी गाउँपालिका–३, मडैका २६ वर्षीय अजयकुमार ठाकुर घटनाको तीन महिनापछि पक्राउ परेका हुन् । प्रहरीको खोजी टोलीले ठाकुरलाई नेपाल–भारत सीमा नजिक जलेश्वर–१२, थरुवाहीबाट गए राति साढे ९ बजेतिर नियन्त्रणमा लिएको हो ।गत भदौ २४ गते घरायसी विवाद तीव्र बनेपछि आवेशमा आएका अजयले ७० वर्षीय बुवा जोगेन्द्र ठाकुरमाथि घरेलु हतियार प्रहार गरेका थिए । गम्भीर घाइते जोगेन्द्रको सोही दिन अपराह्न ४ बजे उपचारका

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ४७५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२