X wada

मुख्य समाचार

    Showing २,८७१-२,८८० of २,९७३ items.
  • चेक बाउन्स मुद्दामा फरार प्रतिवादी पक्राउ

    सिरहा,कार्तिक ४ गते । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। महोत्तरी भगाहा गाउँपालिका वडा नम्बर ३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने रामनाथ सिंह पक्राउ परेका हुन्। उनलाई ब्युरोको टोलीले बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी(जानी २०७६ बैशाख १० गते प्रभु बैंक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटेर जाहेरवाललाई दिएका थिए।सो चेक बाउन्स भएपछि पीडितले दिएको जाहेरीमा उच्च अदालत पाटनले २०७७ माघ २० गते उनलाई चार दिन कैद र ११ लाख जरि

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ९७ पटक पढिएको
  • ‘निर्वाचन प्रणाली फेरौँ, तीनवटै चुनाव एकैचोटि गरौँ’

    सिरहा,कार्तिक ४ गते । गरिब देशका लागि बहुमतीय प्रणाली हानिकारक रहेछ स् नीलकण्ठ उप्रेतीदेशमा अहिले निर्वाचनसम्बन्धी बहस तातेको छ । एकातिर निर्वाचन प्रणाली कस्तो बनाउने भन्ने बहस सुरु भएको छ भने अर्कोतिर आगामी चुनाव कहिले गर्ने भन्ने बहस तातेको छ । आगामी फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भएकाले गाउँघरतिर चुनावको चर्चा–परिचर्चा दसैँकै बेलादेखि सुरु भइसकेको छ ।नेकपा एमालेका नेताहरू यो मिश्रित निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउन नसक्ने भन्दै समानुपातिक प्रणाली खारेज गरिनुपर्ने बताउन थालेका छन् भने माओवादीका नेताहरू प्रत्यक्ष प्रणालीलाई खारेज गरेर पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने बताइरहेक

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०१ पटक पढिएको
  • खानेपानी संस्थान जनकपुरका प्रमुखमाथि सीके राउतका कार्यकर्ताले गरे दुर्व्‍यवहार,१० जना भन्दा बढी कार्यकर्ता प्रहरीको नियन्त्रणमा

    सिरहा,कार्तिक ४गते । जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर दुर्व्‍यवहार गरेका छ । सि के राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्‍यवहार गरेको हो ।लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका छन् ।उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लि

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १४० पटक पढिएको
  • उद्योग नवीकरणको आवेदन समय कात्तिक ३० गतेसम्म

    सिरहा,कार्तिक ४गते । अहिलेसम्म नवीकरण हुन नसकेका उद्योगले ३० दिनको समय पाएका छन् । उद्योग विभागले कात्तिक १ देखि ३० गतेसम्ममा म्याद सकिएका स्वदेशी तथा विदेशी उद्योगले नवीकरण गर्न सक्ने भएका हुन् । विभागले भनेको छ, ‘वैशाख १५ गते जारी भएको निषेधाज्ञाको कारण उद्योग विभागबाट प्रदान गरिने सेवा प्रवाहमा आवेदन गर्न नपाएका सेवाग्राहीले ३० दिन भित्रमा आवेदन गर्न सक्छन् ।’विभागले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ ९क० बमोजिम उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप्न समेत आवेदन गर्न सकिने बताएको छ । यसका साथै, विदेशी लगानी स्वीकृत भएको उद्योगले त्यस्तो स्वीकृत रकम भित्र्याई

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १३२ पटक पढिएको
  • देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    सिरहा,कातिक ४ गते–देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिने भएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने योजना छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य छ। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउने भएको मन्त्रालयले जनाएको छ । स्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुली अनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिका

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १४० पटक पढिएको
  • ५ किलो ३०० ग्राम गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

    काठमाडौं,कार्तिक ४ गते–प्रहरीले ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुईजनाले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका(५का ४८ वर्षीय प्रेमबहादुर प्रजा र सोही गाउँपालिकाका २२ वर्षीय रविन्द्र प्रजा रहेका छन् ।उनीहरुलाई कात्तिक २ गते बिहान ८स् बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो ।हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं। को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार उनीहरुको साथबाट  लागुऔषध गाँजा ५ किलो ३०० ग्राम बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धा

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०१ पटक पढिएको
  • १५ प्रतिशत रासन भत्ता बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै

    सिरहा,कार्तिक ४गते । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ ।आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको हो ।बिहीबार बस्‍ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धि सम्बन्धी फाइल स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् । सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधा

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १२० पटक पढिएको
  • भारतीय सैन्य टोली मुस्ताङमा

    जोमसोम,कार्तिक ४ गते –भारतीय सैन्य टोली मुस्ताङ आइपुगेको छ। भारतीय सेनाको रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोली बिहीबार बिहान नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत मुस्ताङ आइपुगेको हो।जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीका अनुसार भारतीय सैनाको टोलीले मुक्तिनाथ दर्शन तथा घरपझोङ—५ कैसाङ स्थित सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ। भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा संञ्चालित ‘नेशनल डिफेन्स’ कोर्समा सहभागी भारतीय सेनाको टोली मुस्ताङ आएको प्रहरी नायव उपरिक्षक दानीले उल्लेख गरेमुक्तिनाथ र सैनिक उच्चशिखर शिक्षालय कैसाङको अवल

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०६ पटक पढिएको
  • प्रधानमन्त्री देउवा बझाङको चैनपुरमा

    सिरहा,कार्तिक ४गते । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्र बझाङको चैनपुर पुगेका छन् । उनले चैनपुरमा बाढी र पहिरोबाट भएको क्षतिको जानकारी लिएका उनको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्री देउवा बिहीबार बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणमा छन् । सुदूरपश्चिममा बाढी र पहिरोले बझाङ र डोटी जिल्लामा बढी क्षति पुगेको छ । बाढीका कारण डोटीमा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै बझाङमा २१ जना हराइरहेका छन् ।प्रधानमन्त्रीसहितको टोली बिहीबार बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थिय

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १२४ पटक पढिएको
  • गोरखामा ट्रक दुर्घटना, चालकको मृत्यु

    गोरखाको,कार्तिक ४ गते–आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए।गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा५ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२