काठमाडौं,कार्तिक ९ गते । न्यायाधीश समाज नेपालले न्यायालयमा थप क्षति हुन नदिन समयमै समस्याको समाधान गर्नुपर्ने जनाएको छ ।न्याय क्षेत्रमा देखिएको विकृतिको प्रमुख कारण न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा र प्रभाव हो भन्दै समाजले अब न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक रहेको पनि जनाएको छ ।समाजका उपाध्यक्ष बाबुराम रेग्मीले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ,न्यापालिका उपर निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबण्डाको आरोप लागेका समाचार, दृष्टिकोण, टिकाटिप्पणी आदि सामाजिक सन्जाल र आम सञ्चार मार्फत् सार्वजनिक हुनु दुःखद विषय हो । यस्ता कुरामा संवेदनशील र गम्भीर हुनुपर
काठमाडौं,कार्तिक ९ गते । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ ।प्रवक्ता डा.लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।विगतमा
काठमाडौं,कार्तिक ९ गते । काठमाडौं महानगरपालिका–२६ कपुर धारा स्थित एउटा घरमा खानतलासी गर्दा पेस्तोल फेला परेको छ । मुना श्रेष्ठको घरमा बस्ने मिलन कुमार राईको डेरा खानतलासी गर्दा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । मिलन सोलुखुम्बु देउसाका स्थानिय हुन् । करिब ७ महिनादेखि सम्पर्क विहिन भएर डेरा भाडा समेत नतिरेपछि घरधनीको आग्रहमा वडा कार्यालयले कोठा खाली गर्न खानतलासी गरेको थियो । कोठामा एक थान पेस्तोल, म्याग्जीन र ४ राउण्ड गोली भेटिएको छ । पेस्तोलबारे प्रहरीले अनुसन्धान गरिरहेको छ
पाँचथर,कार्तिक ९ गते । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो ।मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।यससँगै पाँचथरमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । बाढीपहिर
सिरहा,कात्तिक ९ गते। लागू औषध सहित एक वडा अध्यक्षलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादवलाई सोमबार बेलुका नाइट्रोभेट ट्याब्लेट १५ पिस सहित पक्राउ गरेको हो ।गोप्य सूचनाको आधारमा अध्यक्ष यादवलाई सरकारी नम्बर भएको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा भारतबाट फर्किदै गर्दा माडर चौकमा चेकजांच गर्ने क्रममा प्रहरीले लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।पक्राउ गरेका यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।लागुऔषध सहित पक्राउ परेकाहरुको पूर्णविवरण सहित फोटो सार्वजन
काठमाडौं,कार्तिक ९ गते – काठमाडौं महानगरपालिकाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ । पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो मात्रा लगाउन लागिएको हो ।काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।काठमाडौं महानगरपालिकाको हकमा बीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचार
सिरहा, कार्तिक ८ गते / सिरहास्थित धनगढीमाई नगरपालिका र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच खाद्य हरियाली शहर कार्यक्रम सम्बन्धी सम्झौता हुँदैछ । भोलि मंगलबार विहान ११ बजे धनगढीमाई नगरपालिकाको सभा हलमा आयोजना हुने उक्त कार्यक्रममा धनगढीमाई नगरपालिकाका तर्फबाट नगरप्रमुख हरिनारायण चौधरी र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले जानकारी दिनुभएकोे छ । विद्यालयमा विद्यार्थीको संलग्नतामा अर्गानिक करेसा बारीमा तरकारी,
काठमाडौँ, कात्तिक ८ गते – कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि कमै मात्र विद्यार्थी कक्षामा उपस्थित भएका छन् ।उपत्यकाका धेरै सार्वजनिक विद्यालयमा ३० प्रतिशतको हाराहारीमा विद्यार्थी अनलाइन कक्षामा अनुपस्थित रहेपछि आफ्ना विद्यार्थीको खोजी कसरी गर्ने भन्नेमा अहिले धेरैलाई चिन्ताको विषय बन्न पुगेको छ । कक्षामा विशेष गरी छात्राहरू बढी नियमित पठनपाठनमा छुटेका कारण उनीहरूलाई कसरी पुनः कक्षाकोठामा भित्र्याउने भन्नेमा विद्यालयले चासो
नेपालगञ्ज, कात्तिक ८ गते – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको आक्षेपलाई उहाँले समयमै प्रष्ट पार्नुपर्ने सुझाव दिनुभएको छ ।“प्रधानन्यायाधीश राणामाथि जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई समयमै प्रष्ट पार्नुपर्ने हुन्छ” उहाँले भन्नुभयो । पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझेर फर्किनुभएका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सो कुरा बताउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री, प्रधानन्यायाधीश वा राष्ट्रपति जोसुकै होस् सबैले आफुलाई आत्मानुशासित राख्
हेटौँडा, कात्तिक ८ गते – जंगली हात्तीले पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित बलौटा टोलमा तीनवटा घर भत्काएको छ । निकुन्ज क्षेत्रबाट आएको जंगली हात्तीले स्थानीय कमल गोपाली, इश्वर कार्की र शान्ति लामाको घर भत्काएको हो ।आइतबार राति आएको हात्तीले घरका झ्यालढोका भत्काउन थालेपछि गाउँलेको भागाभाग भएको स्थानीयले बताएका छन् । हात्तीले आतङ्क मच्चाएपछि घर छाडेर भागेको मनहरी गाउँपालिका ९ का वडाध्यक्ष साधुराम अधिकारीले बताउनुभयो ।उहाँकाअनुसार गोपाली र कार्कीको घर हात्तीले भत्काएको छ । लामाको घर भत्काएर तिहारका लागि राखिएको जाँड हात्तीले खाइदिएको उहाँले
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.