X wada

मुख्य समाचार

    Showing २,६०१-२,६१० of २,९७२ items.
  • कारागारमै कैदीले गरे आत्महत्या

    रौतहट,मंसिर २ गते –  जिल्ला कारागार कार्यालय रौतहटमा बन्दी जीवन विताइ रहेका एकजना कैदीले आत्महत्या गरेका छन ।रौतहट जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक र जर्वजस्ती करणी मुद्दामा २१ वर्ष जेल सजाय र ३० हजार रुपैया जरिवाना सजाय पाइ बन्दी जीवन विताइ रहेका स्थानीय देवाही गोनाही नगरपालिका ७ बस्ने २२ वर्षीय लराइ साह तेलीले कारागार भित्र रहेका शौचालयमा गम्छाले घाटीमा पासो लगाइ आत्म हत्या गरेका हुन् । २०७६ साल बैशाख ४ गते देखि कारागारमा रहेका साहले दिउँसो करिव १ बजेको समयमा पासो लगाएर अचेत भएको अवस्थामा देखिएपछि कारागार प्रशासनले उपचारको साहलाई जिल्ला अस्पताल गौरमा लैजाँदा दिउँसो २ बजेर १० मि

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • ८९ पटक पढिएको
  • पर्सामा फेरि फस्टायो गाजा खेती

    वीरगन्ज,मंसिर २ गते – एक दशकअघिसम्म पर्सा जिल्लालाई नेपालको अफगानीस्तान भनिन्थ्यो । कारण थियो , जिल्लाभर खुलेयाम रुपमा लागुऔषध गाजाको खेति र कारोबार हुन्थ्यो । यति सम्मकी ग्रामीण भेगका प्रहरी चौकीहरु नै गाजा खेतीको बीचमा हुन्थे। तर, २०६७ सालमा प्रहरी प्रशासनले कडाइ र कारबाही अभियान नै चलाएपछि जिल्लामा गाजाको खेती पूर्णरुपमा रोकिएको थियो ।पर्सा जिल्लामा एक दशक पहिले विस्थापित भएको गाजा खेती अहिले भने फेरि फस्टाउन थालेको छ। दुई वर्षयता कोभिड १९ संक्रमण नियन्त्रण र लकडाउनमा जिल्लाका सुरक्षाकर्मीको ध्यान केन्द्रित भएको मौका छापेर कारोबारीहरु गाजा खेती गर्न हौसिएका छन् ।खासगरी राष्ट्रिय वन र निकुन्

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १३८ पटक पढिएको
  • नाहरमा डुबेर एक जना बालकको मृत्यु

    रौतहट,मंसिर २ गते – । रौतहटको देवाही गोनाही नगरपालिकाको वडा न ७ को अमोध पासमानको ३ बर्षको छोरा कुश पासवानको बुधवार नाहरमा डुबेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। आमा बुवा काम गरिरहेको बेला अचानक बालक खेल्दा खेल्दै नाहरमा खसेको मृतक बालकको बुवाले जनाएको छ।घटना बारे थप्प अनुसन्धान भईरहेको रौतहट प्रहरीले बताए

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • ८७ पटक पढिएको
  • सय करोड उपलब्ध गराउनेछ : शास्त्री

    जनकपुरध,मंसिर २ गते – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रका विकासकालागि घोषणा गरेको सय करोड रकम छिट्टै उपलब्ध हुने भएकोछ ।धार्मिक भ्रमणको क्रममा जनकपुरधाम आइपुगेका भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले संचारकर्मीहरुलाई बताएका हुन् । प्रवक्ता शास्त्रीले नेपाल भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामको विकासको लागि घोषणा गरेको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाए । भारत सरकारले संचालन गर्ने रामायण सक्र्रिट रेल्वे योजनामा जनकपुरधामलाई पनि समावेश गरिने योजना रहेको उनले प्रष्ट गरे । नेपाल भारतबीचको सम्बन्ध प्

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १४९ पटक पढिएको
  • अब गाडी किन्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने

    सिरहा,मंसिर २ गते –नयाँ सवारी साधन किन्नेहरुले अब अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । सरकारले आजदेखि नयाँ सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम लागू गरेको हो ।आजदेखि दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न प्रक्रिया सुरु गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार सवारी धनीले आवेदन दिइसकेपछि विभागले प्रमाणीकरण गरी विभागको सिस्टमबाट इम्बोस्ड नम्बरप्लेट जारी गर्नेछ ।त्यसपछि सवारीधनीले कोड पाउँछन् । उक्त कोर्ड लिएर यातायात व्यवस्था कार्यालय गएपछि उनीहरूले इम्बोस्ड नम्बरप्लेट प्राप्त गर्नेछन् । विभागले दिए

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १७६ पटक पढिएको
  • नक्कली नोटस बनाउने मेसिनसहित ५ जना पक्राउ

    काठमाडौं,मंंसिर २ गते – नेपाल प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।महानगरीय प्रहरी परिसर काठम

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १२७ पटक पढिएको
  • विद्यालयलाई स्वास्थ्य सामाग्री

    सिरहा, र्मंसिर १ गते । कोभिड १९ अझै कायमै रहेकाले स्वास्थ्य मापदण्डतालाई ख्याल गरी सिरहास्थित धनगढीमाई नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई कोभिड १९ स्वास्थ्य सामाग्री तथा प्राथमिक उपचार बक्स वितरण गरेको छ । सम्पूर्ण विद्यालयहरुमा भौतिक रुपमै पढाई लेखाई भइरहेकोले विद्यार्थी र शिक्षकको स्वास्थ्यलाई ध्यामा राख्दै नगरपालिकाले स्वास्थ्य सामाग्री वितरण गरिएको छ । वितरित स्वास्थ्य समाग्रीले कोभिड १९ लाई रोकथाम गर्न सहयोग गर्ने नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो ।  डब्लु.एच.ओ.ले सन् २०२२ सम्म कोरोना रहिरहने जनाएकोले सचेततापूर्वक सुरक्षा मापदण्ड अपनाउन मास्क, सेनिटाइजर,

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • २०९ पटक पढिएको
  • आजदेखि विद्युतको नयाँ महसुल दर लागू, न्यूनतम मासिक शुल्क ३० रुपैयाँ

    सिरहा,मंसिर १ गते –आजदेखि विद्युतको नयाँ महसुल दर कार्यान्वयनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर आजदेखि लागू भएको हो । नयाँ महशुलमा औसतमा २।८४ प्रतिशतले घटाइएको छ ।अबदेखि विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूले न्यूनतम शुल्क ३० रुपैयाँमात्र तिरे पुग्छ ।मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूलाई लाभ पुग्नेछ । सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्य

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • २१३ पटक पढिएको
  • आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ

    गुल्मी,मंसिर १ गते –आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा एक दाजुलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा ईस्मा गाउँपालिका–३ दौवा बस्ने १९ वर्षीय कृष्ण मुखिया रहेका छन्।प्रहरीका अनुसार १९ बर्षिय कृष्ण आफ्नै १३ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार साँझ पक्राउ परेका हुन्।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १४१ पटक पढिएको
  • तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

    काठमाडौं,मंसिर १ गते – बर्दिया, मधुवन नगरपालिका–६ बुद्ध नगर बस्ने झक्कु सुनारको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९१ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । भने देवचुली नगरपालिका–१२ गैडी बस्ने होमराज गिरीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय चित्र बहादुर काफ्ले लगायत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको  भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपर

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • २१४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२