सिरहा,मंसिर ५ गते –मोरङ्गको रंगेली नगरपालिका–१ बिशाल बजार चोकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित बेलबारी नगरपालिका–३ बस्ने २४ वर्षीय बुद्धराज राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । को.१ ह ४८०२ नम्बरको टेम्पोलाई ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखी ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा सहित फेला पारी टेम्पो चालक राईलाई पक्राउ गरेको हो । तुलसीपुर उपमहानगरपालिका–५ स्थित माइती घरमा बस्दै आएकी सोही उपमहानगरपालिका–६ घर भएकी ३८ वर्षीया शुशिला श्रेष्ठ र उनकै छोरा १९ वर्षीय रोहन श्रेष्ठलाई १९ ग्राम ७ सय १० मिलिग्राम अवैध लागूऔषध
सिरहा,मंसिर ५ गते – सिरहाको नरहा गाउँपालिका वडानम्बर ३ स्थित डण्डाटोल जाने बाटोबाट सोही ठाउँका २१ वर्षीय इन्दलकुमार यादव तथा २० वर्षीय कपिल महरालाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले बताए ।उनका अनुसार यी दुवैको साथबाट ४ ग्राम, ५० मिलिग्राम ब्राउनसुगर र नाइट्रोभेट टेन लेखिएको दुई वटा ट्याब्लेट बरामद भएको छ ।पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ
सिरहा,मंसिर ५ गते – सिरहाको प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैधरुपमा खेतमा लागाएको गाँजा फडानी गरेका छन् । । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले मिर्चैया नपा ७, ८ र ९ नम्वर वडा र गोलबजार नगरपालिकोको ७, ८ र १० नम्वर वडाको करिव १० विगहा जमिनबाट ५० हजारभन्दा बढी गाँजाको बोट फटानी गरी आगजानी गरेको हो ।अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियोन अन्तर्गत आज फल लाग्नु भन्दा अगावै फडानी गरिएको डिएसपी बुढाथोेकीले जानकारी दिए । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान प
सप्तरी,मंसिर ५ गते –सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स ६ प ५०६० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
सिरहा,मंसिर ५ गते –जाडो याम सुरु भएको छ । जाडोमा धेरैले भोग्ने थुप्रै समस्यामध्ये छालामा हुने सुक्खापन पनि हो । जाडोमा खासगरी छाला रुखो हुने, हात गोडा फुट्ने, छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चाया—पोतो आउने लगायत समस्या हुन्छ । यस्तै टाउकोमा चाया पर्ने गर्दछ ।सुक्खापन देखिने कारण :नियमित औषधि सेवन गर्नेको छालामा बढी सुक्खापन आउने वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा। लैला लामा बताउँछिन् । सुगर, ब्लड प्रेसर, किड्नीको औषधि प्रयोग गर्नेको छालामा सुक्खापना बढी देखिने उनको भनाइ छ ।जाडोमा पानी कम पिउँदा शरीरबाट पसिना कम आउने भएकाले छाला सुख्खा हुने गर्छ । डा। लामाले जाडो याममा छालामा
दाङ,मंसिर ५ गते – दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न सकेको छैन ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
सिरहा,मंसिर ५ गते – नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक ९एसपी०को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो ।यसपटक मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौंका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरि
जनकपुरधाम,मंसिर ५ गते – प्रदेश २ को गठबन्धन सरकारमा आईतवार दुई जना मन्त्री थपिने भएका छन् ।जनता समाजवादी पार्टी९ जसपा०नेतृत्वको गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादी९एस०बाट सत्रुधन महतो र प्रमोद कुमार यादव सहभागि हुने भएका छन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट निर्वाचित साँसद महतो उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अघि महतो भने संघीय सरकारमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर को ‘ख’बाट निर्वाचित संविधान सभा सदस्य यादव पहिलो पटक मन्त्री बन्न लागेका हुन । यादवलाई कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दि
दाङ,मंसिर ५ गते – दाङको तुलसीपुरमा रहेको ब्राउनसुगरको डिलरमा प्रहरीले छापा मारेको छ । तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । प्रहरीले सुशीला सहित उनका छोरा रोहन श्रेष्ठलाई समेत पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर तौलन प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरेको छ । उनीहरू आमाछोरा नै ब्राउनसुगर कारोबारी भएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार सुशीलाका श्
वीरगञ्ज,मंसिर ५ गते – पर्साबाट प्रहरीले उक हजार ३५० थान लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले धोविनी गाउँपालिका–२ बस्ने २६ वर्षीय दिवाकरकुमार साहलाई पक्राउ गरेको हो ।ना.४५प. ११६४ नम्बरको मोटरसाइकलमा भारतबाट भिश्वा नाका हुँदै नेपालतर्फ आउँदै गरेका उनको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ‘लागूऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने ।साहले चलाएको मोटरसाइकलबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५०/४५० थान
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.