सर्लाही,मंसिर १६ गते – हरिवन नगरपालिका–६ चार्लिक नहरबाट करिब ७ किलोग्राम अवैध लागूऔषध गाँजा सहित बागमती नगरपालिका–२ बस्ने २३ वर्षीय खवाङ तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.१० प. ६९६७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिबन र सशस्त्र प्रहरी सुरक्षा बेस धरहराबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सिरहा,मंसिर १६ गते – चिनियाँ वैज्ञानिकले कोभिड–१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् ।ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको आरटी डटकमले जनाएको हो । चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको थियो । अध्ययनअनुसार चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ नामक मोनोक्लोनल एन्टिबडीले कोभिड–१९ का सबै भेरियन्टलाई सखाप पार्न सक्छ ।ल्याबमा गरिने भिट्रो परीक्षण र जीवित प्राणीमा गरिने भिभो परीक्षणपछि ‘३५बी५’ एन्टिबडीले उत्परिवर्तित नभएका र चि
सिरहा,मंसिर १६ गते – पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क बिहीबारबाट सञ्चालनमा आएको छ ।उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं। १३ अन्तर्गत रहेको बसपार्क मेयर बलदेव चौधरीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । काठमाडौंको रात्रिकालिन बस तथा जिल्लाको पहाडी क्षेत्रका सवारी साधनलाई लक्षित गरी बसपार्क सञ्चालन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो । खोटाङ जिल्लाको यातायात सेवा पनि सोही ठाउँबाट सञ्चालन हुनेछ । काठमाडौंसम्मका रात्रिकालिन बस दैनिक पाँचदेखि दशवटासम्म छन् । जिल्लाको विभिन्न
सिरहा,मंसिर १६ गते – जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही मङ्सिर १७ गतेदेखि भक्तपुरको चारवटै पालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ । कार्यालयले आज यसबारेमा जानकारी दिँदै मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरणमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सङ्कलन गरिने भएको जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।जिल्लामा दुई चरणमा गरिने नामावली सङ्कलनका क्रममा दोस्रो चरणमा चाँगुनारायण नगरपालिकामा पुस ३ गतेदेखि १६ गतेसम्म नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन का
सिरहा,मंसिर १६ गते – संखुवासभाको मकालु गाउँपालिकामा मंगलबार दिउँसोदेखि परेको असिनाले अरबौंको क्षति भएको छ । मकालु गाउँपालिका वार्ड नं। १ देखि ६ का अधिकांश गाउँमा दिउसो २ बजेदेखि ६ बजे असिना पर्दा बालीनाली नष्ट पारेको गाउँपालिका उपाध्यक्ष चमेली राईले जानकारी दिएकी छन्। असिनाले अलैची, मकै, आलु, लसुन, प्याज, फापर लगायतको नगदेवालीमा क्षति पु्र्याएको छ । वडा नम्बर १, २, ३ र ५ मा बढी क्षति पुगेको छ । चार घण्टासम्म परेको असिना करिब डेढ फिटसम्म जम्दा अझै नबिलेको स्थानीय सुवास पोखरेलले जानकारी दिए ।असिनाले लगाएको बालिनाली नष्ट गरे पनि क्षतिको मुल्याङकन हुन नसकेको भन्दै तत्काल राहतका लागि पहल गरि
सिरहा,मंसिर १६ गते – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २४ घण्टा नवित्दै आफ्नो बाचा पुरा गरेकी छिन् ।मंगलवार जनकपुरधाम स्थित रेल्वे स्टेशन निरीक्षण गरी एक सप्ताह भित्र रेल्वे सञ्चालन गर्न ऐन बनाउनकालागि सरकारलाई दवाब दिने भनेको भोलि पल्टै बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत ४ वटा विधेयक मध्ये एक रेल्वे विधेयक समेत परेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेशहरू जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर
सिरहा,मंसिर १६ गते – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवको समग्र तयारीमा जुट्न सरोकार वाला निकायलाई निर्देशन दिनुभएको छ ।बुधवार प्रदेश सर कार, जनकपुरधाम उपमहानगर पालिका, जानकी मन्दिर एवं सुर क्षा निकायका प्रमुखसहितको संयुक्त बैठकमा मुख्यमन्त्री र ाउतले विवाह पञ्चमी महोत्सव प्रदेशको धरोहर रहेकाले यसलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिनुभएको हो । उहाँले महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्दे शन दिँदै थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरिदिने प्रतिबद्धता जनाउनुभयो । विवाहपञ्चमी महो त्सवलाई भव्य र सभ्य बनाउन प्रद
सिरहा,मंसिर १६ गते – शुक्लाफाँटा राष्ट्रि निकुञ्जको सनवोरा नदीको बगरमा देखा परेका कालो र खैरा हिमाली डंगर गिद्ध । गिद्ध संरक्षणमा जोड दिइन थालेपछि सङ्ख्यामा वृद्धि हुन थालेको छ
सिरहा,मंसिर १६ गते । सिरहाको बरियारपट्टीमा मोटरसाईकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।सिरहाको बरियारपट्टी गाँउपालिका वडा नं.२ वस्ने कारी यादबले चलाएको स.३प ९२० नं. मोटरसाईकलले बरियापट्टी चौकमा पैदलयात्री सिरहा धनगढीमाई न.पा. वडा नं. १३ वस्ने वर्ष ६५को राम विलास यादबलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।ठक्करबाट घाईते भएका यादबलाई उपचारको लागी धनगढीमाई नगरपालिका मुसहर्निया स्थित रहेको आरके मेडिसिटी अस्पतालमा ल्याएको र यता उपचार सम्भब नभएपछि थप उपचारको लागी विराटनगर लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।मोटरसाईकल चालकको उपचार आ
सप्तरी मंसिर १६ गते । बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ ।गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट गरेको तथ्याङ्क सप्तरी जिल्ला प्रशासन दैवी प्रकोप समितिको छ ।कोसी बाँध निर्माणपछि हजारौँ नेपाली किसानका खेत बगरमा परिणत भएका छन् । कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार नेपाली किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । २०११ सालमा नेपाल–भारतबीच कोसी बाँध निर्माणसम्बन्धी सम्झौता भए
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.