X wada

मुख्य समाचार

    Showing २,१६१-२,१७० of २,९७२ items.
  • भन्सार छलेर ल्याउदै गरेको सामान सहित ट्रक र चालक पक्राउ

    पर्सा,पुष १९ गते – बिल बिजक भन्दाबढी मालवस्तु र औषधी लोड गरिएको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।शनिबार दिउँसो पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका– ८ घन्टाघरबाट ना.६ ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उक्त ट्रक पोखरा हिँडेको थियो। ट्रकसहित चालक चितवन राप्ती नगरपालिका(४ का सुरेशकुमार लामालाई नियन्त्रणमा लिइएको बस्नेतले बताए। ट्रकमा खुद्रा मालवस्तु र औषधी लोड गरिएको थियो। प्रहरीले उक्त सामान र ट्रकको ६५ लाख मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।

    • प्रकाशित मितिः पुस १९, २०७८
    • १७४ पटक पढिएको
  • पेस्तोल र लागुऔषध सहित एक जना पक्राउ

    महोत्तरी,पुष १९ गते –। सशस्त्र प्रहरीले महोत्तरीबाट पेस्तोल र लागुऔषध सहित एकजना युवा पक्राउ परेको छ।महोत्तरीको लोहरापट्टी नगपालिका बस्ने २४ वर्षीय मोहम्मद राजा कवारीलाई पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए। उनको साथबाट मेड इन युएस लेखेको ९ एमएमको पेस्तोल १ थान र प्रतिबन्धित लागुऔषध नाइट्रोभ्याट टेबलेट १० पिस बरामद गरेको उनले बताए।गोप्य सूचनाको आधारमा लोहारपट्टी ९ स्थित खुट्टा पीपरारी सशस्त्र प्रहरी बलबाट गएको टोलीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिलाई कारबाही र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने सशस्त्र प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः पुस १९, २०७८
    • ९३ पटक पढिएको
  • सुन– चाँदीको मूल्यमा गिराबट

    सिरहा,पुष १९ –  सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेको छ। प्रतितोलामा रु ३०० घटेर नयाँ बजार मूल्य ९३ हजार १०० कायम भएको छ। पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो।सिरहा,पुष १९ गते – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ। चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको

    • प्रकाशित मितिः पुस १९, २०७८
    • ११९ पटक पढिएको
  • माओवादी केन्द्रीय समितिको पहिलो बैठक, पदाधिकारी चयन हुँदै

    काठमाडौं, पुष १८ गते – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । सोमबार दिउँसो ३ बजे नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।उहाँका अनुसार बैठकले पदाधिकारी चयन गर्ने जनाइएको छ । आठौं महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गर्नुभएको थियो 

    • प्रकाशित मितिः पुस १९, २०७८
    • ११७ पटक पढिएको
  • विमानस्थलबाट चरेससहित युुवक पक्राउ

    धनगढी,पुष १९ गते – धनगढी विमानस्थलबाट प्रहरीले लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ । बैतडीको डिलासैनी गाउँपालिका–२ का २० वर्षीय सन्तोष बोहरा प्रकाउ परेका हुन् ।धनगढीबाट काठमाडौं जाँदै गर्दा चेकजाँचका क्रममा उनलाई १६ ग्राम चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानका क्रममा बोहराले आफूले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन्

    • प्रकाशित मितिः पुस १९, २०७८
    • ९० पटक पढिएको
  • जनमतका कार्यकर्ताद्वारा ट्रकमा आगजानी

    सिरहा,पुष १९ गते – जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिक एक मालबाहक ट्रकमा आगजानी गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पुर्याएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ ख १००९ नम्वरको ट्रकमा आगजानी गरेको हो  समूहमा आएका जनमतका कार्यकर्ताले ट्रकमा जथाभावी ढुङ्गामुढा गरेको गाडी धनिसमेत रहेका चालक विजय साहले बताए । उनका अनुसार ढुङ्गाले चोट लागेपछि आफूले आत्तिएर गाडी रोक्ने वित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छरेर आगजानी गरेको बताए । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भईरहेको जनाएको छ । आगो प्रहरीको सहयोगले नियन्त्

    • प्रकाशित मितिः पुस १९, २०७८
    • १८८ पटक पढिएको
  • अवैध लागूऔषध सहित पक्राउ

    सिरहा,पुष १८ गते – पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने चुल्हाई साहको घरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले साहको घर तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार रहेका साहको खोजी भइरहेको छ ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १२९ पटक पढिएको
  • प्रहरी र जनमतका कार्यकर्ताबीच झडप

    सिरहा,पुष १८ गते – धनुषामा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरु राज्यमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।डा। सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा चार आन्दोलनकारी र दुईजना प्रहरी घाइते भएका छन् ।  झडपमा घाइतेभएकाहरुको नाम अहिले खुलेको छैन् ।अवस्थालाई नियन्त्रणमा लिनका लागि झडपको क्रममा करिब एक दर्जन अश्रुग्यासँ प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन

    • प्रकाशित मितिः पुस १८, २०७८
    • ५७८ पटक पढिएको
  • सुनको भाउ बढ्यो

    सिरहा,पुष १८ गते – सुनको भाउ आज फेरि बढेको छ ।यसअघि अस्ति तोलामा सात सय रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ  तोलामा ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा आज १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १२० पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

    मलङ्वा,पुष १८ गते  – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न ३ मा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका १० का २२ वर्षीय अरुण सिंह सोही स्थानका २० वर्षीय श्रगम विक र २२ वर्षीय रोहन सिंह रहेको जिल्ला प्रहरी कार्यलय मलङ्वा सर्लाहीले जानकारी दिएको छ।रातीको समयमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकलमा सवार सागरनाथ जङ्गल भएर दक्षिणतर्फ बयलबास आउँदै गर्दा अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधबप्रसाद बुढाथोकीले जानकारी दिएका छन् । उनीहरु मोटरसाइकलसहित १० मिटर तल खाल्डोमा खसेका थिए 

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १५८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२